उत्तेजित भएर प्रतिवाद गर्दा स्थापितमाथि प्रश्न

Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका केशव स्थापित सर्वाधिक चर्चामा हुनुहुन्छ । स्थापित आफ्नै अभिव्यक्तिका कारण चर्चामा आउनु भएको हो । उहाँको अभिव्यक्तिलाई लिएर ४५ वटा महिला अधिकारवादी संघ संगठनले कारबाही गर्न माग गरिसकेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भावना राउतको प्रश्नपछि उत्तेजित हुँदै स्थापितले दिएको अभिव्यक्तिलाई ती संघ संगठनले महिलालाई होच्याउने, चरित्र हत्या गर्ने र असंवेदनशील भएको रूपमा टिप्पणी गर्दै आएका छन् । स्थापितले कार्यक्रममा भन्नुभएको थियो, ‘यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन । यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ?

राउतले स्थापित यौन दुव्र्यहारको आरोपमा मुछिएको प्रसङ्ग जोड्दै महिला सुरक्षासँग जोडिएको प्रश्न गर्नुभएको थियो ।

यस्तै, स्थापितसँग एउटै मन्च शेयर नगर्न पनि कतिपय महिला अधिकारकर्मीहरूले कांग्रेसबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंह र विवेकशील साझा पार्टीकी उम्मेदवार समीक्षा बास्कोटालाई सुझाउन थालेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?