✍️ विशाल अधिकारी
चुनाव आउँदाको समयमा होस् वा अन्य एउटा सक्षम नेतृत्वलाई छान्न नसक्दा जनतामाथि प्रयोग हुने शब्द हो भेडा जसको अर्थ हामीले बुद्धि नभएका बकम्फुसे भन्ने बुझ्छौं । एउटा जनावरको नाम हो, भेडा । हो त्यहीँ शब्द जनताहरूमाथि कहिलेबाट प्रयोग गर्न थालियो र किन प्रयोग गरियो त । विसं २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्रको पुनस्स्थापना पछि भएको पहिलो आमनिर्वाचनमा आफ्नी श्रीमती मंगलादेवी सिंह र आफ्ना पुत्र प्रकाशमान सिंह चुनावमा हारेपछि नेपाली जनताले नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहबाट प्राप्त गरेको पदवी हो ‘भेडो’ । चुनावमा आफ्नी श्रीमती र पुत्रको पराजयबाट अत्तालिएका नेता गणेशमान सिंहले आवेगमा आएर राजधानीमा बस्नेलाई मात्रै दिएको हो यो पदवीपछि गएर जनताहरू आफैंले पनि रमाइलो मानी गफ गर्ने क्रममा ‘हामी त भेडा नै रहेछौं हगी’ भन्दै नेता सिंहको पदवीलाई जनताले नै स्वीकारेको जस्तो गर्न थाले, त्यसपछि चारैतिर यो शब्दलाई प्रयोग गर्न थालियो ।
नेपालीमा एउटा कथ्य छ, भेडाहरू लाटा र सोझा हुन्छन् उनीहरू एउटै लयमा हिँड्छन् । उनीहरूका अगाडि कुनै एउटा बार लगाइदिने हो भने अगाडिको भेडा उफ्रियो भने अन्य भेडाहरू त्यस्तै गर्दै उफ्रिन्छन् चाहे त्यहाँ कुनै बार होस् वा नहोस् । हो यस्तै भइरहेको छ, नेता बोलिरहेका छन् जनता सुनिरहेका छन् ।
जनतालाई भेडा शब्दको पगरी भिराइदिने त नेता नै पो रहेछन् । तर, वर्तमान समयको परिवेशमा यो शब्द अत्यन्तै उपयोगी सावित भइरहेको छ अर्थात् साँच्चिकै यो शब्द फगत प्रयोग गरिएको रहेनछ भन्ने भान हामी सबैलाई हुनलागेको छ, किनकी हुन पनि त्यस्तै नै भइरहेको शासकहरू बोलिरहेका छन् र भेडाहरू सुनिरहेका छन् केही गर्नै भन्नै सक्दैनन भेडाहरूले बस चुपचाप सुनिरहेका मात्रै छन् ।
नेपालीमा एउटा कथ्य छ, भेडाहरू लाटा र सोझा हुन्छन् उनीहरू एउटै लयमा हिँड्छन् । उनीहरूका अगाडि कुनै एउटा बार लगाइदिने हो भने अगाडिको भेडा उफ्रियो भने अन्य भेडाहरू त्यस्तै गर्दै उफ्रिन्छन् चाहे त्यहाँ कुनै बार होस् वा नहोस् । हो यस्तै भइरहेको छ, नेता बोलिरहेका छन् जनता सुनिरहेका छन् । शासकहरू जे भन्छन् सोझा जनता त्यहीँ गरिरहेका छन् । शासकहरू मिलेर देशलाई पश्चगमनतर्फ धकेलिरहेका छन् तर जनताहरू चाहिँ केही गर्न सक्दैनन् बस हेर्छन् मात्रै । देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आयो व्यवस्था फेरियो धेरै कुरा फेरिन पुगे तर शासकहरू जुन तन्त्रमा एउटै रहे जनतालाई चुस्नु चुसे र देश लुट्नु लुटे । संसारकै सुन्दर व्यवस्था हो गणतन्त्र तर यसलाई नै लुटतन्त्रको मागी खाने भाँडो बनाएका शासकहरूसँग देशलाई जोगाउन अति आवश्यक छ नत्र देश भड्खालोमा जाने निश्चित छ ।
व्यवस्था फेरिनु ठूलो कुरा रहेन अब शासकहरूको प्रवृत्ति सुध्रिन ठूलो कुरा रहृयो । अहिलेको वर्तमान समयमा हाम्रो राष्ट्र र राष्ट्रियता चौतर्फी रूपमा संकटको भुमरीमा परिरहेको छ । अहिलेको समयमा देशमा निकै अशान्त फैलिएको कुरा सर्वत्र छ । यसले गर्दा हाम्रो स्वतन्त्रता र स्वाधीनता पनि धरापमा परेको छ । देशमा कुनै कुरा स्थिर छैन चाहे त्यो राजनीति होस्, चाहे त्यो सीमा विवाद होस् या नागरिकका समस्या नागरिक राज्यसंयन्त्रसँग निकै रुष्ट छन् । सीमा मिचिएका छन । गरिब थिचिएका छन् । किसान मिचिएका छन । नेतृत्व वर्ग सत्तासिनोको लागि लुछाचुडी गरिरहेको छ । नागरिकका समस्या ज्युँका त्युँ छन् ।
सत्ता, शक्ति र स्वार्थको उन्मादमा मानवीय मूल्य रित्तिँदै जान थालेको छ । अझ पछिल्लो समय सत्तालिप्त नेताहरूलाई एउटा दंशकका रूपमा समेत परिभाषित गर्न थालेको पाइन्छ । कानुन पनि एउटा धागोको बन्धन जस्तै भएको छ । सानालाई अल्झाउने अनि ठूलाको फन्दामा परे आफैँ अल्झिने, बल्झिने र गुजुल्टो पर्ने ।
जनादेशले बनेको सरकारमा जनताकै आवज सुनिँदैन भने के त्यो जनादेश भन्नु, यसको जलन्त उदाहरण हो अमेरिकी सहयोग एमसिसी परियोजना । यो परियोजना निकै नै विवादास्पद बन्यो यसको चौतर्फी आलोचना र देशमा घोर विरोध भयो । लगभग विपक्षमा लगभग धेरै जनताहरू एमसिसी परियोजनाको विरुद्धमा थिए । अन्ततः विसं २०७८ को फागुन महिनामा जनादेशविरुद्ध एमसिसी पारित भयो । अब एमसिसीको दूरगामी असर भने भोग्न र हेर्न बाँकी छ । जनादेशविरुद्धको सरकार के सरकार । देशमा स्थिर रूपमा कुनै कुरा चलिरहेको छ जस्तो मलाई लाग्दैन । विसं २०६५ बाट २०८० सम्म आइपुग्दा कांग्रे्रेस, माओवादी र एमालेले मात्रै देशको प्रतिनिधित्व गरिरहेको छ, आलोपालो सरकार चलाइरहेका तीन दलहरूले । तर, देशको विकास भने शून्य प्रायः देशको नाममा रहेका उद्योगलाई बेचेर निजी क्षेत्रको पोल्टोमा सार्वजनिक जग्गा रातारात निजी क्षेत्रकै पोल्टोमा अनि देश चाहिँ तीन दलका शीर्ष नेताको हातमा अर्थात् औँठा छापहरूको हातमा जनताले कसरी विश्वास गर्ने कि यिनीहरूले देशलाई ? एउटा विकासको लयमा लैजान्छन भनेर ।
देशमा यस्तो विघ्न संकट उत्पन्न हुँदा पनि राज्यसंयन्त्र किन यति लाचार छ । अहिलेको यो परिवेशमा देश प्रतिगामी दिशातर्फ उन्मुख भइराखेको छ । देशबाट दैनिक कयौं युवा एकछाक टार्न र एकसरो लगाउनमात्रै प्रदेशमा छन् । कोही बाकसमा पैसा लिएर फर्किन्छन भने कोहीँ आफैं बाकसमा फर्किन्छन् । यस्तो अवस्था उत्पन्न हुनुमा मुख्य कारण राज्यसंयन्त्र हो । पद, पैसा र सत्तालिप्त हुनमात्रै जानेका छन् हालका जनप्रतिनिधिले । उनीहरूलाई ज्ञान छैन, एकदिन उनीहरू पनि अटेर्नु जसरी नै रगत चुस्दाचुस्दै सत्ता र कुर्सीको मोहमा टाँसिएरै मर्ने हो भनेर ।
सत्तासीन व्यक्तिद्वारा नै अकर्मण्य बढ्दो उत्कर्षमा पुगेको देखिन्छ । यो अकर्मण्य नीति अवलम्बन गर्नु पक्कै राम्रो होइन । युवा जनशक्ति विदेश पलायन डाँडापारिका डुब्नै आँटेका घाम र जुनजस्ता नेताहरूद्वारा राज्य सञ्चालनबाट बचेका रहेका केही बौद्धिक वर्ग वा केही उच्चस्तरका वर्गहरूले राज्य सञ्चालन गर्ने ठाउँमा चिया पसलमा आफ्नो हैकम जमाइरहेका हुन्छन । सत्ता, शक्ति र स्वार्थको उन्मादमा मानवीय मूल्य रित्तिँदै जान थालेको छ । अझ पछिल्लो समय सत्तालिप्त नेताहरूलाई एउटा दंशकका रूपमा समेत परिभाषित गर्न थालेको पाइन्छ । कानुन पनि एउटा धागोको बन्धन जस्तै भएको छ । सानालाई अल्झाउने अनि ठूलाको फन्दामा परे आफंै अल्झिने, बल्झिने र गुजुल्टो पर्ने ।
नेपाल आमा धुरुधुरु रोइरहेकी छिन् । उनको चित्कार सुन्ने कसले ? आफ्नै आमाको चित्कार सुन्न नसक्ने नेताहरूले कसरी जनता रोएको सुन्न सक्छन । अझ अहिलेको सरकार झन् पराइसँग सौदाबाजी गरिरहेको छ । लोकतन्त्रको नाममा एकतन्त्रीय शासनले गर्दा आर्जित भइरहेको अवस्था छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच