जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारबीच तालमेल भएको छ । पत्रकार सम्मेलन गर्दै तीन पक्षबीच तालमेल भएको सो पार्टीले जानकारी गरेका छन् ।
स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतलाई नगरप्रमुखमा सघाउने गरी तालमेल भएको राप्रपा कर्णाली प्रदेश कोषाध्यक्ष श्रीकृष्ण बुढाले बताउनुभयो । उपप्रमुखमा एकीकृत समाजवादीका भिम थापालाई सघाउने सहमति भएको छ । एकीकृत समाजवादीका २८ वर्षीया मेयरका उम्मेदवार जयालक्ष्मी चौलागाईं उम्मेदवारी फिर्ता गरेकी छन् । राप्रपाका मेयरका उम्मेदवार पूर्णसिंह कठायत र उपमेयरका उम्मेदवार गीता शाहीले उम्मेदवारी फिर्ता लिएका हुन ।
चन्दननाथको ५२ पदका लागि ३६८ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये ३४ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
दलित सदस्य निर्विरोध निर्वाचित
नेकपा माओवादी केन्द्रबाट जुम्लाको तिला गाउँपालिका – ८ बाट दुई जना दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएकाछन् । उम्मेदवार उषा नेपाली र चल्ली नेपाली निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय तिला गाउँपालिकाले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच