काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुलेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले पौडी पोखरीको औपचारिक शुभारम्भ गर्नुभएको हो । मर्मत सम्भार, कोभिडलगायत कारणले चार वर्षपछि सर्वसाधारणका लागि पहिलोपटक पौडी पोखरी खुलेको हो ।
पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले जनाउनुभएको छ । १०-१२, १-३ र ४-७ बजेसम्म गरी तीन सिफ्टमा पौडी पोखरी सञ्चालन गरिनेछ । साधारणतर्फ २०० तथा कम्तीमा १० जनाको समूहका लागि १५० टिकट दर तोकिएको छ ।
पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायत सुविधा छन् । मासिक, त्रैमासिक र फुल सिजन सदस्यताको पनि व्यवस्था छ । सदस्य–सचिव घिसिङले सुरक्षा, प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच