काठमाडौं । हाम्रा गाउँ, टोल, बजार र शहरहरूमा यतिबेला निकै चहल–पहल बढ्न थालेको छ । सबैतिर दशैँमय भएको छ । परदेश गएकाहरू दशैँ मनाउन घर फर्किरहेका छन् । दशैँको आगमनले सबैलाई आफ्ना दुःखपीडाहरू बिर्साएर रमाइलो वातावरण बनाएको छ । चाडपर्वको बेलामा बालबालिकाहरूको रमाइलो त झन् बढ्ने गर्दछ । दशैँ विशेषतः नेपालीको सबैभन्दा ठूलो चाड हो ।
दशैँ, तिहार जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेको चाप बढ्ने गर्दछ । पर्व लक्षित विभिन्न व्यापार मेला पनि भइरहेका छन् । विभिन्न कम्पनीले यस मेसोमा उपहारका स्किम पनि ल्याएका छन् । हाम्रा चाडपर्व अब सांस्कृतिक पर्वमात्र नरहेर व्यावसायिक हुँदै गएका छन् । यस्ता चाडपर्वले व्यापार-व्यवसाय बढाउने गर्दछ । तर हाम्रो आन्तरिक उत्पादन नहुँदा व्यापार घाटा भने हाम्रा चाड पर्वले अज भन् बढाउँदै लाने देखिन्छ । सबैलाई यही बेला नयाँ सामान किन्ने चटारोको भ्याइ–नभ्याइ नै हुन्छ । हाम्रा बजारमा ग्राहको भिड लागेको छ ।
पर्वहरूले सडक किनाराका पसलदेखि महल र गरगहनाका पसलमासम्म उपभोक्ता घुइँचो देखिएको छ । व्यवसायीले पनि चाडपर्व लक्षित मेला र उपहारका घोषणा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार दशैँका बेला नै आठदेखि १० खर्बको कारोबार हुने गर्दछ ।
बालबालिका तथा युवायुवतीका लागि दशैँले जति रमाइलो लिएर आएको हुन्छ, निम्न र निम्न मध्यमवर्गीय परिवारका घरमूलीका लागि दशैँले पिरलो पनि लिएर आएकोे हुन्छ । घरमूलीलाई पिरलोले दशैँमा छोप्छ तर उनका भान्टांगभुन्टुङ भने दशैँ आयो, खाउ“ला–पिउ“ला भन्दै रमाइरहेका हुन्छन् । त्यसैले हुने-खानेहरूका लागि यो पर्व उल्लासपूर्ण भए पनि हु“दा खानेहरूका लागि भने चिन्ताको विषय बन्ने गर्दछ । उखान छ नि, ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई ।’ त्यसैले देखासिकी भन्दा आ-आफ्नो गच्छेअनुसार दशैँजस्ता चाडपर्वहरू मनाऔँ, अनावश्यक तडक–भडक र भड्किलो नबनाऔँ ।
हाम्रो समाज आर्थिक रूपमा तीन वर्गमा विभाजित छ । उच्च, मध्यम र निम्न । उच्चवर्गका लागि हरेक पर्व विलासिता मनोरञ्जनका विषय हुनेगरेका छन् । यो वर्गलाई खर्च गर्ने अवसरमात्र चाहिएको छ । मध्यमवर्गीय समाज आफ्नो औकातअनुसार यस्ता पर्व जसोतसो मनाउँछन् । समाजको निम्न र निम्छरो वर्गलाई यस्ता पर्व सधैँभरि चिन्ताको विषय बन्छ । यस्ता पर्वमा हुनेखाने वर्गले गर्ने खर्च र तडकभडकका कारण हुँदाखाने वर्गका लागि अभिशाप हुनुका कारणमा कसरी खर्च गरौँ । यसैले निम्न आय भएका वर्ग र समुदायका लागि पर्वले निराश पार्ने गर्छ । चाडबाड मान्नका लागि ऋण लिनुपर्ने र मानेपछि ऋण तिर्न विदेशिनुपर्ने अवस्था हाम्रो तीतो यथार्थ हो । पर्व मान्नका लागि देखासिखीभन्दा पनि आफ्नो हैसियत अनुसार मनाऔं । ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ रिण बोकाइ’ भन्ने प्रचलनलाई अन्त्य गरांै ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच