काठमाडौं । आगामी जुन दोस्रो सातादेखि अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) सिरिजमा नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले पहिलो खेलमा ओमानको सामना गर्ने भएको हो ।
उक्त त्रिकोणात्मक सिरिजमा नेपालसँगै अमेरिका र ओमान भिड्नेछन् । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । तीनवटै टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्नेछन् । लगत्तै जेठ २८ गते नेपालले अमेरिका, जेठ ३१ गते ओमान र असार १ गते अन्तिम खेलमा ओमानको सामना गर्नेछ ।
लिग टोलीमा सहभागी सात टोलीले ३६ वटा एकदिवसीय खेल खेल्नेछन् । यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग-२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ ।
अमेरिका १६ खेलमा सातमा जित र नौमा हारसहित १४ अंकका साथ पाँचौँ स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारसहित छैटौँ स्थानमा छ । विश्व लिग-२ को शीर्ष तीन टोलीले आगामी २०२३ मा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । विश्वकप लिग-२ मा नेपालले बल्ल चौथो त्रिकोणात्मक खेल खेल्न लागेको हो ।
नेपालले अमेरिकापछि उतैबाट स्कटल्यान्ड भ्रमण गर्ने तयारी गरेको छ । आइसिसी विश्ववकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा नेपाल र नामिबियाबीच अर्को सिरिज हुनेछ ।
उक्त सिरिजको तयारीका लागि नेपालले जिम्बाबे ‘ए’ टोलीसँग वैशाख १७ गते पहिलो, वैशाख १९ गते दोस्रो र वैशाख २१ गते तेस्रो एक दिवसीय खेल खेल्नेछ । यस्तै नेपालले वैशाख २३ गते पहिलो, वैशाख २४ गते दोस्रो र वैशाख २६ गते तेस्रो खेल खेल्नेछ ।
उक्त शृंखला खेल्ने नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सर्राफ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला रहनुभएको छ ।
नेपाल र जिम्बाबे ’ए’ बीचको सिरिजको टेलिभिजनमा प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सिरिजको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने जनाएको छ । यस्तै ओएसआर डिजिटलले डिजिटल प्लेटफर्मको प्रत्यक्ष प्रसारण गर्ने क्यानले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच