संसारकै सबैभन्दा सुन्दर एथलिटिक्स स्मिडका समुद्री तटका तस्बिर चर्चामा

Read Time = 1 min

एजेन्सी/संसारकै सबैभन्दा राम्री एथलिट र फिट्नेस मोडल एलिसा स्मिड श्रीलंकका बालीमा बिदाका दिनहरू मनाएर पुनः पसिना बगाउन फर्किनुभएको छ । उहाँले हालै सार्वजनिक गर्नुभएका समुद्रीतटका तस्बिर यतिवेला चर्चामा रहेका छन् ।

अष्ट्रेलियन म्याग्जिनले स्मिडलाई संसारकै सबैभन्दा राम्री एथलिटको उपाधि दिएको हो । २३ वर्षीय यी जर्मन रनर, ट्रेनिङ क्याम्पको सुरुआतभन्दा पहिला बालीको समुद्री तटमा मस्ती गर्दै गरेको तस्बिर सार्वजनिक भएका हुन् । उहाँले केही फोटो पनि सेयर गर्नुभएको छ । तर, यतिवेला उहाँ बिदाबाट आइसक्नु भएको छ र अबको तयारीमा पसिना बगाइरहनु भएको छ ।

उहाँ टोकियो ओलम्पिकबाट बाहिर हुनुभएको थियो भने आफ्नो फेरि पुनरागमनका लागि लिएर धेरै नै एक्साइटेड देखिनुभएको छ । यसका लागि उहाँले कडा परिश्रम गरिरहनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?