भोजपुर । आगामी फागुन १५ गतेबाट हुन गई रहेको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको तयारी थालिएको छ ।
पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । प्रदेश खेलकुद विकास बोर्ड बिराटनगरको आयोजनामा आगामी फागुन १५ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
भलिबल संघ संखुवासभाले संयोजन तथा जिल्ला खेलकुद विकास समिति संखुवासभा र प्रदेश भलिबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिता तयारी थालिएको संखुवासभा भलिबल संघका अध्यक्ष मेदिनी घिमिरेले बताउनुभयो । प्रतियोगितामा विभागीय तीनवटा टिमहरू नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित सात प्रदेशको टिम गरी १० टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
लिक कम नकआउटको आधारमा हुने प्रतियोगिताका विजेताले मेडल, ट्रफी र प्रमाण पत्र सहित नगद ३ लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन । तेश्रो पुरस्कार नगद ५० हजार र सान्तवना पुरस्कार नगद ३० हजार हुने छ । यस्तै उत्कृष्ठ ५ बिद्यालाई नगद ५० हजार र सर्वोत्कृष्ठ पुरस्कार नगद २५ हजार हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच