वैशाख । नेपाल निर्माण व्यवसायी महासंघले बिहीबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एकघण्टे धर्ना कार्यक्रम बिहान ९ बजेदेखि १० बजेसम्म सञ्चालन हुने महासंघका महासचिव रोशन दाहालले बताउनुभयो ।
वैशाख ८ गतेदेखि महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना दिँदै आएकोमा बिहीबारदेखि धर्नास्थल परिवर्तन गर्न लागेको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार पनि सार्वजनिक खरिद अनुगमन कार्यालयअगाडि धर्ना दिएको थियो ।
व्यवसायीका मागका विषयमा प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिवलगायतलाई समयमा नै अवगत गराइए पनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष सिंहले बताउनुभयो ।
आन्दोलनको कार्यक्रमअन्तर्गत ७७ जिल्ला संघले बिहीबार पनि आ-आफ्ना जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघले प्रदेश प्रमुखको कार्यालयमा एक घण्टा धर्ना दिएको महासंघले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :