तमानखोला गाउँपालिकाले अभिभावकविहीनलाई पालन पोषणसहित निःशुल्क शिक्षा

Read Time = 5 mins

-डम्मर बुढा मगर
बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले पालिकामा बालगृह सञ्चालन गर्ने समेत जनाएको छ । पालिकाले बाबाआमा नभएका अनाथ बालबालिका र अति विपन्न परिवारका बालबालिकालाई पालिकाले लालनपालन र कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने गरी यस शैक्षिक सत्रदेखि त्यस्ता बालबालिकाको खोजी गरी बालगृह सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले गाउँमा स्वसथ्य सेवाको पहुँच बढाउन विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले तमानखोलामा आयातित डाक्टर ल्याएर स्वास्थ्य उपचार गर्न असंभव भएको भन्दै गाउँमै डाक्टर उत्पादन गर्ने लक्ष्य अनुरुप गाउँपालिकाका तीन माध्यामिक विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई तीन जनालाई निःशुल्क रुपमा गाउँपालिकाले एमबीबीएससम्म अध्ययन गराउने निर्णय गरेको छ । पालिकाले एक वर्षमा पालिकाभरबाट एक जना गरी आगमी तीन वर्षमा तीन विद्यार्थीलाई एमबिबिएस अध्ययन गराउने भएको हो ।

गाउँपालिकाले दुर्गम गाउँमा अधिकांश विपन्न परिवारका नागरिक रहेको भन्दै एमबिबिएस अध्ययन गराएर गाउँमै स्वास्थ्य सेवामा रोजगारी दिने उद्देश्यले तीन माध्यामिक विद्यालयमा उत्कृष्ट अंक ल्याउने तीन जानालाई निःशुल्क एमबीबीएस पढाउने तमानखोला गाउँपालिकाका नवर्निवाचित गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । बुढा दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

“दुर्गम गाउँ रहेको तमानमा सानैमा विद्यालय छोड्ने समेत गरेको पाइन्छ, डाक्टर पढाई गर्ने यहाँका नागरिकको सोचै हुँदैन, छोराछोरीलाई डाक्टर पढाउन पर्छ भन्ने शन्देश दिनका लागि गाउँपालिकाले निःशुल्क एमबिबिएस पढाउने निर्णय गरेको छ” बुढाले भन्नुभयो, “डाक्टर भइसकेपछि तमानखोलामै स्वस्थ्य सेवा दिनेगरी यो योजना ल्याएका हौं ।”

बैठकले बेरोजगार युवालाई स्वरोजगार बनाउन जिवीकोपार्जनका निम्ती गाउँपालिकाले सहयोग गर्ने भएको छ । पालिकाले बैंक र सहकारी संस्थासँग सहकार्य गरेर ऋण माग गर्ने र उद्यम गर्ने युवाले ऋण लगेवापतको व्याज पालिकाले तिरिदिने गरी कार्यक्रम अगाडी सारिएको हो । युवाहरुले गाउँमै उद्यम तथा कृषि उत्पादन गरी आत्मनिर्भर बन्न प्रोत्साहन स्वरुप क्रृणको ब्याज गाउँपालिकाले तिरिदिने व्यवस्था गरेको अध्यक्ष बुढा मगरले बताउनुभयो । पालिकालाई उत्पादनसँग जोड्न र युवालाई गाउँमै आत्मनिर्भर बनाउन यस्तो अभियानको सुरुवात गरिएको हो ।

तमानखोला गाउँपालिको पहिलो बैठकले तमानखोला गाउँपालिकाको आफनै गानलाई समेत मान्यता दिएको छ । स्थानीय शिक्षक बिमला पुन घर्तीले तयार पारेको गानलाई कार्यपालिका बैठकले मान्यता दिँदै तयार पारेको गानलाई संगीत भरेर गाउँपालिकाको गानको रुपमा गाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एलपी ग्यास वितरणलाई प्रविधिमैत्री बनाउन सभापति अन्सारीको माग, ‘एकीकृत प्रणाली तत्काल लागू… उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा टमाटर फाले, सरकारविरुद्ध प्रदर्शन रौतहटका २८ वर्षीय युवाद्वारा आत्म*दाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष… आउटसोर्सिङको विरोधमा १८ मन्त्रालयका करार कर्मचारी सिंहदरबार अगाडि धर्नामा ‘प्रि-आईपीओ’का नाममा हुने अवैध कारोबारमाथि कारबाही हुन्छ : सेबोन अध्यक्ष डा. भट्ट एआईदेखि साइबर सुरक्षासम्म: टेकपाइलाको लाइभ डेमोले विद्यार्थीमा बढायो आकर्षण अर्जेन्टिना, फुटबलको गौरव र इतिहासको छायाँ रौतहटमा युवकद्वारा आत्मदाह प्रयास पर्याप्त वर्षापछि किसान खेतमा, गगटेमा रोपाइँले समात्यो गति (तस्बिरहरू)