काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘मायाको तरंग’ एल्बममा रहेका गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । लिरिकल भिडियो एल्बममा ‘चाँदनी चाँदनी चाँदनी...’, ‘मन यो जुनी जुनी...’, ‘मन मस्त मस्त...’ जस्ता गीत छन् । डा. उपाध्याय कै स्वर रहेका गीतमा उहाँलाई ममता गुरुङ र अनु चौधरीले स्वरमा साथ दिनुभएको छ । एल्बममा रहेका गीतमा डा.उपाध्यायको नै संगीत छ । लिरिकल गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन् ।
यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् । दर्जनौ अवार्ड, पुरस्कार बाट सम्मानित कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.उपाध्यायलाई हालै ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित पनि गरिएको थियो ।







मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा