कीर्तिमानी डा.उपाध्यायको ‘मायाको तरंग’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘मायाको तरंग’ एल्बममा रहेका गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । लिरिकल भिडियो एल्बममा ‘चाँदनी चाँदनी चाँदनी...’, ‘मन यो जुनी जुनी...’, ‘मन मस्त मस्त...’ जस्ता गीत छन् । डा. उपाध्याय कै स्वर रहेका गीतमा उहाँलाई ममता गुरुङ र अनु चौधरीले स्वरमा साथ दिनुभएको छ । एल्बममा रहेका गीतमा डा.उपाध्यायको नै संगीत छ । लिरिकल गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन् ।

यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् । दर्जनौ अवार्ड, पुरस्कार बाट सम्मानित कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.उपाध्यायलाई हालै ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित पनि गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?