जनकपुरधामका मेयर उम्मेदवारहरू घरदैलोमा व्यस्त, भ्रष्टाचार अन्त्यदेखि धार्मिक पर्यटकीय शहर बनाउनेसम्मका योजना

Read Time = 6 mins

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका स्थानीय तहको हेबिवेट बन्दै गएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम नै रहेकाले पनि दलीयदेखि स्वतन्त्र उम्मेदवारसम्म नेतृत्व लिन कम्मर कसेर लागेका छन् । हुन त जनकपुरधाम उपमहानगरपालिकामा मधेश प्रदेशमै सबैभन्दा बढीले उम्मेदवारी दिएका छन् । विभिन्न १२७ पदका लागि जनकपुरधाममा एक हजार ९७ जनाले उम्मेदवारी दिएका छन् । २९ जना स्वतन्त्रसहित मेयरमा ४१ र उपमेयरमा ३७ जनाले उम्मेदवारी दिएका छन् ।

सत्तारूढ गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार हुनुहुन्छ, निवर्तमान मेयर लालकिशोर साह । तीन दिनअघि पत्रकार सम्मेलन गरेर उहाँले आफ्ना पुरानै चुनावी एजेण्डा दोहो¥याउनुभएको छ । उहाँले जनकपुरधामलाई स्मार्ट सिटीदेखि जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न पहल गर्नेसम्मको एजेण्डा अघि सार्नुभएको छ ।

पछिल्लो कार्यकालमा जनकपुरलाई सुन्दर र सफा बनाउन अहोरात्र खटेको बताउँदै साहले भन्नुभयो, ‘पहिला वडा–वडाको नाला व्यवस्थित थिएन, वर्षायाममा नालाको पानी घरघरमा प्रवेश गर्ने गरेको थियो । तर, अहिले सबै वडामा नाला व्यवस्थापनदेखि सडक फराकिलो गर्ने काम गरेको छु ।’ स्र्माट सिटी बनाउन आवश्यक भौतिक पूर्वाधार तयार गरेको बताउँदै मेयर साहले भन्नुभयो, ‘मैले आफ्नो कार्यकालमा एउटा राम्रो आधार निर्माण गर्न सफल भएको छु । त्यसलाई मूर्तरूप दिन मेरो उम्मेदवारी हो ।’

कांग्रेसबाट जनकपुरधामको मेयरको टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोज साह २०७४ सालको निर्वाचनमा लालकिशोर साहसँगै करिब १० हजारभन्दा बढी मतले पराजित हुनुभएको थियो । पछिल्लो पाँच वर्षमा मेयर लालकिशोर साहले विकास निर्माणको कार्यभन्दा भ्रष्टाचारमा लिप्त रहेको र जनताले उसको वास्तविक चरित्र देखिसकेकाले जनताले उसलाई यसपटक पाखा लगाउने साहले दाबी गर्नुभएको छ ।

जनकपुरधामलाई धार्मिक पर्यटकीय शहरदेखि ल्याण्डफिल साइटको व्यवस्थापनसम्मको आफ्नो चुनावी एजेण्डा रहेको उहाँले सुनाउनुभयो । अनावश्यक कर लगाएर जनतालाई उपमहानगरपालिकाले चुस्दै आएकाले त्यसलाई कम गर्न पनि प्राथमिकता रहेको उहाँको भनाइ थियो । त्यसैगरी, जनकपुरधामको विमानस्थलको विस्तारदेखि यहाँका पठनपाठनको सुधारको लागि आफूले काम गर्ने साहको चुनावी एजेण्डा छ ।

जनकपुर उद्योग वणिज्य संघका पूर्व–अध्यक्ष शिवशंकर साह (हिरा) पनि मेयरको उम्मेदवार हुनुहुन्छ । व्यवसायी क्षेत्रबाट आउनुभएका साह जनकपुरलाई धार्मिक पर्यटकीय शहरको साथै जनकपुरधामको खस्किँदै गएको व्यापार क्षेत्रलाई उकास्न तथा यहाँका शैक्षिक संस्थालाई स्तर उन्नति गर्ने बताउनुहुन्छ । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयसहित सरकारी कार्यालयमा व्यापक भ्रष्टाचार हुने गरेकाले त्यसलाई समाप्त गर्ने आफ्नो चुनावी एजेण्डा रहेको उहाँले बताउनुभयो ।

टिकटको प्रलोभनमा लोसपा छाडेर एमालेमा प्रवेश गरे पनि अन्तिम समयमा टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिनुभएका जनकपुरधाम वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष जानकी राम साह । उहाँले पनि जनकपुरको फोहोर व्यवस्थापनको लागि ल्याण्डफिल साइटदेखि शैक्षिक सुधारलाई आफ्ना चुनावी एजेण्डा बनाउनुभएको छ । जनकपुरधामले कुशल नेतृत्व नपाएकै कारण जनताको चाहनाअनुसार विकास निर्माण कार्य नभएको बताउँदै उहाँले भन्नुभयो, ‘मैले पाँच वर्ष वडाध्यक्षको रूपमा काम गरेको जनताले देखेका छन् । त्यही कामको मूल्यांकन गरेर जनताले मलाई मतदान गर्छन् ।’

जनकपुरधाम उपमहानगरपालिकाभित्रै नाला निर्माण, ढल व्यवस्थापन तथा सडक निर्माणको ठेक्का पाएर काम गर्नुभएका व्यक्ति हुनुहुन्छ, रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतो । अहिले आफ्नो व्यवसायीको जिम्मेवारी छोरालाई लगाएर उहाँले पनि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । महतोले जनकपुरबासीको सेवा गर्न आफू चुनावी मैदानमा उत्रेको बताउनुभयो ।

जनकपुरधामको नाला, सडकजस्ता कार्यहरूको ठेक्का पाएर पनि तत्कालीन मेयरले राम्रोसँग काम गर्न नदिएकाले आफैँ मेयरमा निर्वाचित भएपछि जनताको चाहनाअनुसार जनकपुरधामलाई एक व्यवस्थित शहरको रूपमा विकास गर्ने आफ्नो अठोट रहेको उहाँले बताउनुभयो । मेयरको लागि पुरुष उम्मेदवारहरूको भिडभाड रहेको जनकपुरधाममा जनमत पार्टीकी अनितादेवी साह र तराई मधेश लोकतान्त्रिक पार्टीले विभा ठाकुरलाई नगर प्रमुखको रूपमा उम्मेदवार बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बजेटमाथि विपक्षी : ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीबारे इयुलाई बेइजिङको चेतावनी पाल्पाका एक वडाध्यक्षको पद गुम्यो रानीशैना गोठ आगलागी र लुटपाटको हल्ला निराधार, प्रहरीले भन्यो– घटना पुष्टि भएन प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई बुटवलका सुनचाँदी पसलमा चोरी : चोरी प्रयासमा संलग्न आठ जना पक्राउ आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण चित्तबुझ्दो नभएको काँग्रेसको निष्कर्ष, तर बजेट छलफलमा सहभागी हुने ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ