मतदाता शिक्षा सञ्चालन नहुँदा अन्योलता

Read Time = 5 mins

सत्यराज सिंह/हिटा
बझाङ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि बझाङमा मतदाता शिक्षा सञ्चालन हुन नसक्दा योपटक कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरू अलमलमा परेका छन् । मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरू अलमलमा परेका हुन् । जयपृथ्वी नगरपालिका-१ का रामजंग सिंहले आसन्न स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्नेबारे आफू अनभिज्ञ रहेको बताउनुभयो । जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा आफू जस्ता धेरै मतदाता अन्योलमा परेको उहाँको भनाइ छ ।

स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल हुन सक्ने जानकारहरू बताउँछन् । मतदाता शिक्षा सञ्चालन नहुँदा मत बदर हुने सम्भावना बढ्ने उनीहरू बताउँछन् । निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम अहिले सञ्चालन नगरेको जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकारी विमलप्रसाद गौतमले बताउनुभयो । यस्तै, दलहरूले चुनावी गठबन्धन गरेकाले पनि बदर मतको संख्या बढ्न सक्ने आँकलन गरिएको छ । बझाङमा एक लाख २२ हजार १३७ मतदाता रहेका छन् ।

बझाङ जिल्लाभरीमा प्रमुखमा एक महिलासहित आठ जना, उपप्रमुखमा १० जना, अध्यक्षमा ४४ जना, उपाध्यक्षमा ३२ जना, वडाध्यक्षमा ३१७ जना, सदस्यमा ४७८ जना, महिला सदस्यामा २२८ जना र दलित महिला सदस्यमा २०१ जनाको मनोनयन दर्ता गरी निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट गरिएको छ । जसमा जयपृथ्वी नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, दलित महिला सदस्य, खुल्ला सदस्य, महिला सदस्य गरी १५६ जनाले उम्मेदवारी दिएका थिए । त्यस्तै, बुंगल नगरपालिकामा १८९ जनाले, तलको गाउँपालिकामा ८५ जनाले, मष्टामा ९१ जनाले, साइपालमा ५४ जनाले, सुर्मामा ५५ जनाले, दुर्गाथलीमा १०७ जनाले, खप्तडछान्नामा १०५ जनाले, छविस पािथिभेरामा १०२ जनाले, केदारस्युँमा १२१ जनाले, बित्थडचिरमा १४० जनाले, थलारा गाउँपालिकामा ११३ जनाले गरी जम्मा एक हजार ३१८ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

जसमा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षसमेत गरी १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै बुंगल नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षसमेत गरी २३ जनाले, तलकोट गाउँपालिकामा उपाध्यक्ष, महिला सदस्य, वडासदस्य गरी तीन जनाले, मष्टामा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य गरी आठ जनाले, वित्थडचिरमा वडा अध्यक्ष, महिला सदस्य, वडासदस्य गरी चार जनाले, थलारामा उपाध्यक्ष, वडाअध्यक्ष, महिला सदस्य गरी १२ जनाले, दुर्गाथलीमा उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्य गरी नौ जनाले, सुर्मामा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य गरी पाँच जनाले, छविसपाथिभेरामा उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्य गरी १२ जनाले, खप्तडछान्नामा वडाअध्यक्ष, दलित महिला सदस्य, सदस्य गरी १८ जनाले, केदारस्युँमा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष गरी तीन जनाले, साइपाल गाउँपालिकामा गाउँपालिकाका अध्यक्षका उम्मेदवार एकजना गरी १२ वटै पालिकाबाट ११४ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमल प्रसाद गौतमले बताउनुभयो । एक हजार ३१८ जनाको उम्मेदवारी परेकोमा ११४ जनाले उम्मेदारी फिर्ता लिएपछि एक हजार १९३ जनाले विभिन्न पदमा भिड्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?