काठमाडौँमा चार जना वडा सदस्य निर्विरोध निर्वाचित

Read Time = 1 min
A A- A+

काठमाडौं । काठमाडौँ महानगरमा चार जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा नम्बर १८, २२, २३ र २७ गरी चार वटा वडाबाट दलित महिला सदस्य पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकाले उहाँहरू निर्विरोध हुनुभएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

यसरी निर्वाचित हुनु हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार हुनुहुन्छ । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो भने वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?