वीरेन्द्रनगरमा युवक मृत फेला

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका-११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक सुरज कार्कीले बताउनुभयो ।

स्थानीयले खबर गरेपछि छेउमै मोटरसाइकल पार्किङ गरी मृतावस्थामा भेटिएका उनकाे प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?