रुपन्देही । स्वस्थ, स्वच्छ र सभ्य समाज निमार्णका लागी राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्ने सरोकार वालाहरूले बताएका छन् । तिलोत्तमामा खुलेको ॐ महिला तथा बाल अस्पतालको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले कुनैपनि स्वास्थ्य उपचारको अभावमा मृत्यु बरण गर्नपर्ने अबस्थाको अन्त्यका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्नेमा जोड दिएका हुन् ।
उदघाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँणले भौतिक विकाससंगै मानविय विकास जरुरी रहेकाले स्वास्थ्य र शिक्षाका क्षेत्रमा तिलोत्तमालाई अगाडी बढाउने रणनीतिक हिसाबले अघि बढेको बताउनु भयो।
नगरप्रमुख खाँणले तिलोत्तमा स्थापना भएकोे ॐ महिला तथा बाल अस्पतालको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने समेत बताउनु भयो । नगरपालिका अस्पताल खुल्यो र यो नगरको लागि राम्रो कुराको स्वास्थ्य र शिक्षामा अब्बल बनाउनेतर्फ नगरपालिका लागेको बताउनु भयो।
नगरपालिमा गौतमबुद्ध सामुदायीक मुटु अस्पताललाई १० विगाह जग्गा उपलब्ध गराएको छ, केही आबश्यक भए सहकार्य गरेर अघि बढ्न नगरपालिका तयार रहेको उहाँले बताउनु भयो। नगरप्रमुख खाँणले ॐ महिला तथा बाल अस्पताल तथा अन्य स्वास्थ्य शिक्षाका लगानी गरिएको क्षेत्रको सुरक्षा जिम्मेबारी नगरपालिकाले लिने बिश्वास समेत दिलाउनु भयो।
बालस्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले स्वास्थ्यका क्षेत्रमा राज्यले गरेको लगानी कम भएको भन्दै बढाउनु पर्ने बताउनु भयो। श्रेष्ठले आमा बन्ने कारणबाट मृत्युवरण गर्नु पर्ने अबस्थाको अत्यको ग्यारेन्टी राज्यले लिनु पर्ने र यसमा निजी क्षेत्रको साथ र सहयोग आबश्यक रहेको बताउनु भयो।
अस्पतालका निर्देशक कमला मल्ल हमालले सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोर किशोरीका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि ओम महिला तथा बाल अस्पताल स्थापना सुरु गरेको बताउनु भयो।
स्थानीय सरकार तिलोत्तमा नगरपालिकाबाट १५ बेडको स्वीकृति लिई २०७७ साल श्रावण ७ गते शिलान्यास गरिएको अस्पतालले २०८० साल जेष्ठबाट निःशुल्क सेवा र श्रावण बाट नियमित सेवा दिएको हमालको भनाई थियो ।
यो अस्पतालमा अहिले सम्म १० करोड भन्दा बढीको लगानी भएको र यसमा २५ जना शेयर सदस्य मध्य २१ जना महिला र ४ जना पुरुष रहेको बताउँदै सुरुदेखि हालसम्म १७ सय भन्दा बढीले यस अस्पतालबाट सेवा लिई सकेको बताउनु भयो।
उहाँले अस्पतालबाट सुलभ, सुपथ र गुणस्तरीय सेवा उपलब्ध भइरहेको बताउँदै तिलोत्तमा भित्रकालाई एम्बुलेन्स निशुल्क र्र शुभारम्भको अवसरमा २० प्रतिशत छुट समेत प्रदान गर्ने अस्पतालको नीति रहेको बताउनु भयो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शर्मिला शर्माले महिला तथा बालबालिकाको क्षेत्रमा गुणस्तरीय सेवा उपलब्ध गराएको र भविश्यमा पनि यसलाई निरन्तरता दिने बताउनु भयो।
अस्पतालाई अगाडी लैजान सबैको महत्वपुर्ण भुमिका रहने भएकोले सबै यस अस्पताललाई माया गर्नसमेत आग्रह गर्नु भयो। उहाँले ०७७ साल साउन ७ गते शिल्यान्यास भएको समेत जानकारी गराउनु भयो।
उद्घाटनमा बोल्दै प्रस्तुती रोग बिशेषज्ञ डा प्रायश्चित श्रेष्ठले हप्तामा एक दिने आफुले निशुल्क सेवा दिने बताउनु भयो। उहाँले कुन बार दिने भन्नेबारे अस्पतालको टिमसंग छलफल गरेर तोकीने बताउनु भयो।
कार्यक्रममा गौतमबुद्ध सामुदायीक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, अफिनका अध्यक्ष राम प्रसाद खरेल, बुटबल उपमहानगर पालिका निवर्तमान उपप्रमुख गुमा देबी आर्चाय, समाजसेवी अजुर्न रानाभाट लगायतले बोल्दै निजीक्षेत्रबाट त्यो पनि महिलाको नेतृत्वमा सञ्चालनमा आएको अस्पताल अब्बल रहेको र थप सेवा बिस्तार गर्दै निजीक्षेत्रको नमुना अस्पताल बनाउन शुभकामना दिनु भयो। अस्पतालमा उपचार सुरुको पहिलो बच्चालाई उपहार समेत प्रदान गरिएको थियो।
अस्पतालका अस्पतालका अध्यक्ष शारदा तिवारीको अध्यक्षता र दुर्गा देवी गौतमको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच