फुङ्लिङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उहाँहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारीसमेत फिर्ता भएसँगै निर्विरोध हुनुभएको बताइएको छ ।
हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।
नेपाली कांग्रेसबाट तीन जना उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेबाट एक जना र माओवादी केन्द्रबाट एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फुङ्लिङ नगरपालिका-५ मा एमालेबाट उम्मेदवारी दिनुभएकी महिला सदस्य गंगा दर्नाल निर्विरोध हुनुभएको छ । कांग्रेसबाट सिरिजंगा गाउँपालिका-८ याम्फुदिन र मिक्वाखोला गाउँपालिका-३ लिवाङमा दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएका क्रमशः सीतादेवी सार्की र लक्ष्मीमाया विक निर्विरोध हुनुभएको छ ।
यस्तै फताङ्लुङ गाउँपालिका-६ लेलेपमा कांग्रेसबाट उम्मेदवारी दिनुभएकी मञ्जु कामी पनि निर्विरोध हुनुभएको छ । यस्तै मिक्वाखोला-५ पापुङमा माओवादीबाट उम्मेदवारी दिनुभएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध हुनुभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताउनुभयो । रासस
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल