काठमाडौं । आरसी ३२ फुटबल एकेडेमीले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा लगातार चौथो जित निकालेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा समाज कल्याण खेलकुद केन्द्रलाई १-० गोल अन्तरले हराउँदै आरसी ३२ ले लगातार चौथो जित निकालेको हो ।
आरसी ३२ को जितमा विवेक सन्तोषीले निर्णायक गोल गर्नुभयो । जितसँगै आरसी ३२ ले चार खेलमा १२ अंक जोडेको छ । आरसी ३२ दोस्रो स्थानमा रहेको छ । अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लबले रानीवन स्पोर्ट्स क्लबलाई १-० ले हराएको छ ।
यस्तै मनोहरा युनाइटेडले ओसिस क्लबलाई १-० ले हराएको छ । सी डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगका शीर्ष दुई टिम ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेसनमा पर्नेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच