स्प्यारो एसएमएसको भ्वाइस सेवा

Read Time = 2 mins

काठमाडौं । स्प्यारो एसएमएसले नेपालमा भ्वाइस ब्रोडकास्टिङ सेवा सुरु गरेको छ । स्प्यारो भ्वाइस ब्रोडकास्टिङ सेवामार्फत् व्यक्ति वा संस्थालाई आफ्नो सन्देश अडियो ढाँचामा एकै पटक फोन कलमार्फत् ठूलो संख्यामा मानिसहरूलाई प्रसारणमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।

उक्त सेवामार्फत् विभिन्न समूहका व्यक्ति तथा व्यवसायले अब स्वचालित विधिबाट लक्षित समूहमा सन्देश वा सूचना सजिलै पु¥याउन सक्ने बताइएको छ । चुनावका उम्मेदवारका लागि उक्त सेवा अझै प्रभावकारी हुने कम्पनीको दाबी छ ।

व्यावसायिक अभियान, उत्पादन, सेवा वा ठूलो संख्यामा मानिसलाई कुनै पनि निमन्त्रणबारेमा जानकारी फैलाउन स्प्यारो भ्वाइस प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रसारण गर्न अडियो फाइल कुनै पनि भाषामा र आफ्नै आवाजमा पनि रेकर्ड गर्न सकिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले आगामी स्थानीय तहको निर्वाचनमा स्प्यारो भ्वाइस निकै सहयोगी हुने बताउनुभयो । स्प्यारो भ्वाइस न्यूनतम ३० सेकेन्डबाट सुरु हुने र सबै दूरसञ्चार नम्बरमा उचित दरमा विभिन्न भ्वाइस प्रसारण प्याकेज प्रदान गरिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?