युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरूमा आर्थिक तथा खाद्यान्न संकट : राष्ट्रसंघ

Read Time = 2 mins

डाकार । युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरूमा आर्थिक तथा खाद्यान्न संकट देखापरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ, ‘युक्रेनमा पछिल्ला दिनहरूमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिकलगायतको समस्या परेको छ ।’ उहाँले युक्रेनमा रूसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरूमा खाद्यान्न, ऊर्जा र आर्थिक संकट परेको उल्लेख गर्नुभएको समाचारमा जनाइएको छ ।

महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्न विश्वका दाता देशहरू, अन्तर्राष्ट्रिय संस्थालाई पनि आग्रह गनुभएको छ ।

उहाँले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् के कसो गर्न सकिन्छ भनेर तयारी भएको बताउनुभएको समाचारमा जनाइएको छ । रूसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो । जसका कारणले पछिल्लो समयमा आर्थिक संकटमात्र नभएर खाद्यान्नलगायतको समस्या उत्पन्न भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?