गोकर्णेश्वरले ल्यायो एक अर्ब ७६ करोडको बजेट

Read Time = 1 min

पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नो ११औँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख दीपककुमार रिसालको सभापतित्वमा भएको नगरसभामा संघीय माननीय सांसद सन्तोष चालिसे प्रमुख अतिथि रहनुभएको थियो ।

विशेष अतिथिमा सांसदहरू अम्बिका बस्नेत, शान्ति श्रेष्ठ, विमल ठकुरी, छिरिङ दोर्जे लामा, रामेश्वर फुयाल, कृष्णकुमार राई हुनुहुन्थ्यो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम नगरप्रमुख रिसालले प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ का लागि एक अर्ब ७६ करोडको बजेट उपप्रमुख सान्नानी लामाले प्रस्तुत गर्नुभएको थियो ।

आइतबार नगरपालिकाको भवनमा सार्वजनिक भएको उक्त बजेट खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, विपद् व्यवस्थापनका लागि छुट्याइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?