राजुले पृथ्वीको अग्लो स्थानमा गीत गाएर रेकर्ड राख्नुभयो

Read Time = 2 mins

काठमाडौं । लोकप्रिय गायक राजु लामाले पृथ्वीको अग्लो स्थानमा गीत गाएर रेकर्ड राख्नुभएको छ । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहनु भएका उहाँले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गर्नुभएको हो ।

उहाँले सोमबार समुद्री सतहबाट ६ हजार ५७४ मिटरको उचाइमा पुगेर गीत गाउनुभयो । ‘३६ सयभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन । यसअघि, ६ हजार ४७० मिटरमा मान्छेले गाएका रहेछन् । मैले चाहिँ ६ हजार ५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको गीत गाएँ’, गायक लामाले अनुभव सुनाउँदै भन्नुभएको छ, ‘यो गीत त्यहाँ पुगेर गाउनुको मुख्य उद्देश्य अहिले संसारमा जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउनु हो ।’

उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्दै ‘हिमालले डाक्यो मलाई’ लगायत ‘मंगोलियन हार्ट’को अन्य हिट गीतहरू गाएको बताउनुभएको छ । उहाँले सगरमाथाको क्याम्पबाटै जलवायु परिवर्तनलाई रोकथाम गरी आफ्ना सन्तानको भविष्यप्रति सचेत रहन र यो सुन्दर संसारलाई बचाउन सबैले प्रयास गर्न अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?