पीएसजीद्धारा मेस्सी दुई साताका लागि निलम्बित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमतिबिना एसियाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई निलम्बन गरेको हो ।

फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्टबीचको खेल पछि अर्जेन्टिनी कप्तान मेसी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पीएसजी पराजित भएको थियो । अब निलम्बनको समयमा मेस्सीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।

क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन् । मेस्सी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् ।

अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबबाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भइरहेको बेला मेस्सी साउदी अरब गएका हुन । यसअघि क्रिस्टियानो रोनाल्डो पनि साउदी अरेबिया क्लबबाट खेलिरहेका छन् । उनलाई पनि महंगो रकममा साउदी क्लबले अनुबन्धित गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?