एमजी जेड एस इभीको बुकिङ खुला

Read Time = 3 mins

काठमाडौं । एमजी भेइकलका लागि नेपालस्थित आधिकारिक आयातकर्ता र बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभी एमजी जेड एस इभी (डिलक्स) को प्रि-बुकिङ खुला गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ५० किलोवाटदेखि सय किलो वाटसम्मको विद्युतीय गाडीमा अत्यधिक करवृद्धि भए तापनि एमजीको यस मोडलको गाडीको मूल्य ५२ लाख ९९ लाख तोकिएको छ । कम्पनीका अनुसार बजेटअघि गाडीको मूल्य ५२ लाख ४९ लाख थियो । कोरोनापछि विद्युतीय गाडीको कच्चा पदार्थको घट्दो मूल्य तथा विश्व बजारमा ब्राण्डको बढ्दो बिक्रीका कारण एमजीले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मूल्य घटाउन सफल भएको जनाएको छ ।

जसका कारण विद्युतीय गाडीमा भएको करवृद्धिका कारण पनि जेड एस इभी गाडीको मूल्यमा खासै फरक नपरेको कम्पनीको भनाइ छ ।
नयाँ एमजी जेड एस इभी ९९ मोटर पिक पावरले सुसज्जित छ भने ३० मिनेटभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । ब्याट्रीमा आठ वर्षको वारेन्टी रहेको छ । सुरक्षाका लागि छवटा एयर ब्याग, इएसपी, इएबी, एचडिसी, अटो होल्डलगायतका फिचरहरू रहेका छन् ।

मनोरञ्जनका लागि प्रिमियम पानोरमिक सन-रूफ, डिएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरका लागि सात इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि-लेस एन्ट्री र स्टार्ट, छवटा स्पिकरसहितको थ्रिडी साउण्ड सिस्टम, ड्राइभरका लागि छ वे र फ्रन्ट पेसेन्जरका लागि चार वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिटलगायतका विशेषता रहेको बताइएको छ । एमजी जेड एस इभी विभिन्न पाँच रङमा उपलब्ध रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?