काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिम खरिदमा सोसल मिडिया प्रयोग गर्न चार जिबी डेटाका साथै रिचार्जमा बोनसलगायतका फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
एसईई २०७८ को परीक्षाको प्रवेशपत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्ना आमा वा बाबुको नागरिकताको फोटोकपी, एकप्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टर वा डाइरेक्ट सेलिङ प्वाइन्टबाट पहिलो सिम लिन सक्ने बताइएको छ । करसहित ४८ रुपैयाँमा लिन सकिने सिमकार्डमा विद्यार्थीले १० रुपैयाँको मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल प्रयोग गर्न चार जिबी डेटा (हरेक हप्ता एक जिबी डेटा गरी चार हप्तासम्म) को फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्नेछन् । जसअन्तर्गत विद्यार्थीले छ महिनासम्म हरेक ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउन एक जिबी डेटा बोनसस्वरूप प्राप्त गर्नेछन् ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :