पोखरा । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालनमा ल्याएको छ । केबलकारले स्वदेशी तथा पर्यटकको सुविधाका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । केबलकार स्टेशन रहेको सेतीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।
केबलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मागौरीघाट, ४ः४० माबाराहीचोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लनचोकबाट स्टेसनसम्म लैजान बस सेवा उपलब्ध हुने बताइएको छ । केबलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्न यस्तो सुविधा प्रदान उपलब्ध गराएको जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच