आजदेखि देशका विभिन्न स्थानमा कांग्रेसका चुनावी सभा हुँदै, सभापति देउवासहित केन्द्रीय नेताले सम्बोधन गर्ने

Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा चुनावी सभा गर्ने भएको छ । कांग्रेसले आज (वैशाख २१ गते) बाट देशका विभिन्न १० शहरहरूमा चुनावी सभा गर्ने भएको हो । चुनावी सभाहरूलाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएको छ । ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ को निर्णयअनुसार चुनावी सभा तय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘सभाहरूमा पार्टी सभापति, पदाधिकारीलगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ,’ उहाँले भन्नुभयोे, ‘सबै सभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरूले गर्ने छन् ।’

पौडेलका अनुसार कांग्रेसले वैशाख २१ गते मोरङको विराटनगरमा आयोजना गर्ने चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्दै हुनुहुन्छ । वैशाख २२ गते चितवनको भरतपुरमा हुने चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेलसँगै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सम्बोधन गर्ने बताइएको छ । यस्तै, वैशाख २३ गते काठमाडौंमा हुन गइरहेको चुनावी सभालाई सभापति देउवा र वरिष्ठ नेता पौडेललगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने सानेपाले जनाएको छ ।

रुपन्देहीको बुटवलमा वैशाख २४ गते बिहान ११ बजे चुनावी सभा आयोजना गरिने भएको छ । उक्त सभालाई सभापति, वरिष्ठ नेतासँगै महामन्त्री गगनकुमार थापाले, वैशाख २४ गते दिउँसो साढे १२ बजे तनहुँको दमौलीमा आयोजना हुने सभालाई देउवा, पौडेलसँगै प्रवक्ता डा. प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम छ ।

वैशाख २४ गते दिउँसो २ बजे धनुषाको जनकपुरमा सभापति, देउवा, वरिष्ठ नेता पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङ्देम्बे र महेन्द्र यादवले सम्बोधन गर्ने गरी चुनावी सभा आयोजना गरिने भएको छ । वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरामा हुने सभालाई सभापति, वरिष्ठ नेतासँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारले, दिउँसो २ बजे दाङको तुलसीपुरमा हुने सभालाई देउवा, पौडेल र सहमहामन्त्री किशोरसिंह राठौरले सम्बोधन गर्ने तय भएको छ । यस्तै, वैशाख २६ गते कैलालीको धनगढीमा सभापति, वरिष्ठ नेतासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा वैशाख २७ गते डडेल्धुरामा देउवा पौडेलसँगै सहमहामन्त्री बद्री पाण्डेले सम्बोधन गर्ने गरी चुनावीसभा आयोजना हुने मुख्य सचिव पौडेलले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?