सिरहामा जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

Read Time = 1 min

सिरहा । सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ ।
पश्चिबाबाट पूर्व आईरहेका उहाँमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेको हो ।

आक्रमणबाट उहाँ सामान्य घाइते हुनुभएको छ । उपचारपछि अधिकारी गोलबजारतर्फ लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले जनाउनु भयो ।

उहाँ सिरहा नगरपालिकाका निर्वतमान मेयर अशेश्वर यादव चढ्दै आएका बा. २ झ ३६५१ सेतो नम्बरको सरकारी गाडी चढेर काठमाडौंबाट आएको बताइएको छ । स्कारपियो इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ।

अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुन्धान भइरहेको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?