काठमाडौं । हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
थापाले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराउनु भयो । उहाँको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ ।
थापाले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।
सामाजिक सञ्जाल ट्वीटरमा बुधबार बिहान उनले लेख्नुभएको छ, ‘धर्म परिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको छ । कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन् । संविधानले निषेध गरेको संगठित धर्म परिवतृनको आफ्नो पालिकामा रोक्छौं भन्ने प्रतिबद्धतसमेत कुनै दलले व्यक्त गरेनन् । सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन ।’
पूर्वराजा ज्ञानेन्द्रसँग मन मुटाव भएपछि थापा राजसंस्थाको एजेन्डा त्यागेर हिन्दु धर्मको मात्र एजेन्डा बोकेर हिँड्नुभएको छ ।
धर्मपरिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको छ।कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन्।संविधानले निषेध गरेको संगठित धर्मपरिवर्तन आफ्नो पालिकामा रोक्छौ भन्ने प्रतिवद्धता समेत कुनै दलले व्यक्त गरेनन्।सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन
— Kamal Thapa (@KTnepal) May 4, 2022
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :