सुनको मुल्य घट्यो

Read Time = 1 min

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा भएको हुनाले आइतबार नयाँ भाउ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।

महासंघकाअनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ । आइतबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?