काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किने हुनुभएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट थापा १० दिन विदामा बस्ने पक्षमा हुनुहुन्थ्यो । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उहाँ काममा विदा नबसेर काममा फर्किन तयार हुनु भएको हो ।
थापा कनिष्ठ एआईजीलाई आइजीपी बनाएपछि असन्तुष्ट हुनुहुन्थ्यो । वरिष्ठताका आधारमा थापा दोस्रो वरियताका एआईजी हुनुहुन्थ्यो भने पहिलो वरियतामा विश्वराज पोखरेल हुनुहुन्छ ।
पोखरेल भने न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका छन् । थापा भने अदालत जानु भएन । उहाँ प्रहरीको कार्य विभागको नेतृत्वमा हुनुहुन्छ । सोही विभागले नै निर्वाचन सुरक्षा मामिला हेर्ने गर्छ ।
निर्वाचनको संघारमा गृहमन्त्री खाणले थापालाई विदा नबसी सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच