नियमित काममा फर्किँदै एआईजी थापा

Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किने हुनुभएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट थापा १० दिन विदामा बस्ने पक्षमा हुनुहुन्थ्यो । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उहाँ काममा विदा नबसेर काममा फर्किन तयार हुनु भएको हो ।

थापा कनिष्ठ एआईजीलाई आइजीपी बनाएपछि असन्तुष्ट हुनुहुन्थ्यो । वरिष्ठताका आधारमा थापा दोस्रो वरियताका एआईजी हुनुहुन्थ्यो भने पहिलो वरियतामा विश्वराज पोखरेल हुनुहुन्छ ।

पोखरेल भने न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका छन् । थापा भने अदालत जानु भएन । उहाँ प्रहरीको कार्य विभागको नेतृत्वमा हुनुहुन्छ । सोही विभागले नै निर्वाचन सुरक्षा मामिला हेर्ने गर्छ ।

निर्वाचनको संघारमा गृहमन्त्री खाणले थापालाई विदा नबसी सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए