शीर्ष स्थानको गुजरात पराजित

Read Time = 2 mins

गुजरात । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्ससँग पराजित भएको छ । मुम्बईमा मंगलबार राती भएको खेलमा गुजरातलाई पञ्जाब किङ्सले ८ विकेटले हराएको हो ।

गुजरातले दिएको १४४ रनको लक्ष्य पञ्जाबले १६ ओभरमा दुई विकेट गुमाएर १४५ रन बनायो । पञ्जाबका लागि शिखर धवनले अविजित रहँदै ६२ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।

यस्तै भानुका राजपाक्षेले ४० रन बनाउनुभएको थियो । गुजरातका मोहमद शामी र लक्की फर्गुसनले एक/एक विकेट लिनुभएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा आठ विकेट गुमाएर १४३ रन जोडेको थियो । गुजरातका साई सुदर्शनले अविजित ६५ रन बनाउनुभयो । रिद्दिमान शाहले २१ रन जोड्दा डेभिड मिलर र राहुल टेवाटियाले समान ११ रन जोड्नुभयो । पञ्जाबका कागिसो राबडाले ४ विकेट लिनुभयो ।

जितसँगै पञ्जाबले १० खेलमा १० अंक जोडेको छ । पञ्जाब छैटौँ स्थानमा उक्लिएको छ । गुजरातको यो दोस्रो हार हो । गुजरात १० खेलमा आठ जितसहित १६ अंक जोडेर शीर्ष स्थानमा यथावत् रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?