नेपाल र जिम्बाब्बे बीचको टी-२० शृंखला बराबर

Read Time = 4 mins

काठमाडौं । ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा जिम्बाब्बे ‘ए’ लाई आठ विकेटले पराजित गर्दै नेपालले टी-२० शृंखला बराबरी गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेट गुमाएर पूरागर्‍यो ।
नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँले ५४ बलमा १३ चौका र एक छक्कासहित सर्वाधिक ८७ रनको अविजित इनिङ खल्नुभयो ।

आसिफले अर्का ओपनर आसिफ शेखसँग ८८ रनको साझेदारी गर्नुभएको थियो । कुशल ३४ रनमा आउट हुनुभयो । उहाँले २६ बल खेल्दै दुई चौका र दुई छक्का प्रहार गर्नुभयो । बासिर अहमद १० रनमा पभेलियन फर्किनुभयो ।

जिम्बाब्बे ‘ए’ को वलिङमा ल्युक जोङवे र ब्रान्डन माभुताले समान एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्बेले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३६ रनको योगफल तयार पारेको थियो ।

जिम्बावे ‘ए’ का लागि चौथो नम्बरमा क्रिजमा आउनुभएका रोय कियाले सर्वाधिक ४९ रनको योगदान गर्नुभयो । उहाँले ४१ बल खेल्दै सात चौका प्रहार गर्नुभयो । ओपनर टाडीवान्से मारुमानी २७ तथा अर्का ओपनर इनोसेन्ट किया १४ रन बनाएर पभेलियन फर्किनु भएको थियो ।
कुडाजाई माउन्जे ६ रनमा आउट हुनुभयो । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका कप्तान टोनी मुयोङगा दुई रनमा क्याच आउट हुनुभयो । ल्युक जोङ्वे २३ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालको वलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिनुभयो । उहाँले चार ओभरमा २५ रन खर्चिनुभयो । सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिनुभयो ।

आइतबारदेखि सुरु भएका टी-२० सिरिजमा नेपालले पहिलो खेल जिम्बाब्बे ‘ए’सँग ६ विकेटले हारेको थियो । दोस्रोे खेल वर्षाका कारण रद्द भएपछि नेपालले जिम्बाब्बे ‘ए’सँग अंक बाँडेको हो । तीन खेलको शृंखलामा बुधबारको खेल नेपालले जितेपछि दुवै टोलीको तीन÷तीन अंक भएसँगै शृंखला बराबरी भएको हो । जिम्बाब्बे ‘ए’ सँगको एकदिवसिय शृंखला शुक्रबारदेखि सुरू हुनेछ ।

अघिल्लो खेल गुमाए पनि सम्हालिएको प्रदर्शन गरेको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टोलीमा ट्वान्टी-२० संरचनको खेलका लागि अझै सुधारको आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?