शाहरूखको पठानको डिजिटल राइट दुई सय करोडमा बिक्री

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेता शाहरूख खान अभिनित चलचित्र ‘पठान’ यतिबेला चर्चामा छ । यसै चलचित्रको डिजिटल राइट दुई सय करोड भारतीय रुपैयाँमा बिक्री भएको छ ।

आदित्य चोपडाले निर्माण रहेको यस चलचित्रको डिजिटल अधिकार अमेजन प्राइमले किनेको हो । तर, निर्माण टिमबाट आधिकारिक पृष्टि भने भएको छैन । चलचित्रमा शाहरूखको अपोजिटमा अभिनेत्री दीपिका पादुकोण हुनुहुन्छ । दीपिकालाई शाहरूखले ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यू गराउनुभएको थियो । ‘चेन्नई एक्स्प्रेस’ र ‘याप्पी न्यू इयर’मा पनि दुवैले सहकार्य गर्नुभयो । त्यसपछि दुवैले ‘पठान’मा एकसाथ काम गर्नुभएको हो ।

सिद्धार्थ अन्नद निर्देशित यस चलचित्रमा शाहरूख र दीपिकाका साथै डिम्पल कपाडिया, आशुतोष राणा, जोन अब्राहम र सलमान खानको अभिनय छ । यो चलचित्र सन् २०२३ जनवरी २५ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ । सन् २०१८ मा रिलिज भएको चलचित्र ‘जिरो’पछि शाहरूख पर्दामा देखिनुभएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?