तीनधारा संस्कृत छात्रावासमा यज्ञोपवित तथा रक्षासूत्र धारण

हिमालय टाइम्स
Read Time = 4 mins

कठमाडौं । हिन्दु धर्मावलम्बीहरूले वैदिक मन्त्रोचारणका साथ रक्षाबन्धन बाँधेर बिहीबार जनैपूर्णिमा एवं ऋषितर्पणी पर्व मनाएका छन् । यही क्रममा तीनधारा संस्कृत छात्रावासमा वैधिक विधिअनुसार पूजाआज गरी यज्ञोपवित र रक्षाबन्धन धारण गर्ने कार्यक्रम आयोजना गरेको थियो । उक्त आयोजना कार्यक्रमा वाल्मीकि विद्यापीठका प्रचार्य प्राडा.भागवत ढकालको समुपस्थितिमा भएको थियो ।

प्राडा. ढकालका अनुसरा जनैपूर्णिमा वैदिक सनातन धर्म भएको तागाधारीहरूले गुरु-पुरोहितद्वारा विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको उहाँ बताउनुहुन्छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षाविधान तयार गरी अत्यन्त बलशाली दानवराज बलीले बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा नै रक्षासूत्र भएको प्राडा. ढकाल बताउनुहुन्छ ।

उक्त कार्यक्रमा बटुकहरूद्वारा वैदिक रुद्राभिषेक पाठ गरिएको थियो भने अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा गरी तर्पण र हवन गरिएको थियो । त्यस्तै ब्रहृमा, विष्णु र महेश्वरका साथै देव, ऋषि र पितृऋणको प्रतीकका रूपमा जनै गायत्री मन्त्र जपेर लगाइएको थियो । यही दिन ब्राहृमण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै वा यज्ञोपवीत फेर्नुपर्ने विधान शास्त्रमा रहेको तीनधारा संस्कृत छात्रावासका सुपरिभेक्षक डा.प्रकाश ढकाल बताउनुहुन्छ ।

यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्नु पर्दछ । यसलाई श्रावणी स्नान भनिन्छ ।

तीनधारा संस्कृत छात्रावासका सुपरिभेक्षक डा.प्रकाश ढकालको आयोजनामा भएको उक्त कार्य क्रममा पूर्वविद्यर्थी तथा आमन्त्रित अतिथिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?