अखाद्य मसलाको कारोबार रोक्न माग

Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले अखाद्य मसला उत्पादन तथा बिक्रीमा रोक लगाउन माग गरेको छ । विगतका वर्षदेखि नै सरकारको नियमन निकाय तथा सम्बन्धित पक्षलाई बजारमा अखाद्य, मिसावटयुक्त एवं अस्वस्थ खाद्य पदार्थ उत्पादन तथा बिक्री सम्बन्धमा पटक-पटक लिखितरूपमा जानकारी गराउँदै आए पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको मञ्चको भनाइ छ । बजारमा अखाद्य, मिसावटयुक्त, गुणस्तरहीन एवं म्याद नाघेका, सडेगलेका खाद्य पदार्थ बजारमा आइरहेको र उपभोक्ता झुक्किएर त्यस्ता अखाद्य पदार्थ उपभोग गरिरहेको पाइएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभएको छ ।

मञ्चमा प्राप्त गुनासाका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आवश्यक बजार अनुगमन तथा अनुसन्धानका लागि गत वर्ष निवेदनका आधारमा विभागले गरेको बजार अनुगमनका क्रममा दुगड स्पाइसेज एन्ड फुड इन्डस्ट्रिज प्रालि विराटनगरद्वारा उत्पादित सेञ्चुरी मसला गुणस्तरहीन रहेको पाइएको उहाँले बताउनुभयो । विभागको २०७८ चैत २ को निर्णयअनुसार हदैसम्मको कारबाही तीन लाख जरिवाना गर्दै आगामी दिनमा गुणस्तरीय उत्पादन गर्न निर्देशन दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्तामा के भयाे छलफल ? चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे सालाहको रणनीति सफल, तर लुकाकुले खोसे इजिप्टको ऐतिहासिक जित तीन प्रणालीकाे प्रभाव, यी स्थानमा चट्याङ्ग सहित वर्षाकाे सम्भावना यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा राेकियाे स्पेन ‘काम छैन त दाम छैन’ कानुन नै आवश्यक प्रादेशिक विकास र पूर्वाधारलाई जोड दिँदै प्रदेशहरूको बजेट सार्वजनिक