काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा फेरि प्रद्युमन पोखरेल नियुक्त हुनुभएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्त गरेको हो ।
उहाँको नयाँ कार्यकाल आगामी जेठदेखि सुरु हुने बताइएको छ । विगत तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रका अनुभवी पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च तहको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो ।
पोखरेल २०७३ मंसिर १९ गतेदेखि मुक्तिनाथमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गर्नुभएको थियो । हाल पोखरेल डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्षका साथै नेपाल व्यवस्थापन संघको सदस्यसमेत रहनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच