काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा फेरि प्रद्युमन पोखरेल नियुक्त हुनुभएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्त गरेको हो ।
उहाँको नयाँ कार्यकाल आगामी जेठदेखि सुरु हुने बताइएको छ । विगत तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रका अनुभवी पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च तहको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो ।
पोखरेल २०७३ मंसिर १९ गतेदेखि मुक्तिनाथमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गर्नुभएको थियो । हाल पोखरेल डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्षका साथै नेपाल व्यवस्थापन संघको सदस्यसमेत रहनुभएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि