आरएलको निर्देशनमा आए एकसाथ दुई भिडियो

Read Time = 2 mins

काठमाडौं । नेपाली म्युजिक भिडियोको क्षेत्रमा मंगलबार ‘छुट्टिएर बस्ने कुरा’ र ‘हे कान्छी’ बोलका दुई भिडियो एकसाथ तयार भएका छन् । दुवै भिडियोलाई चलचित्र निर्देशक आरएल लामा मोक्तानले निर्देशन गर्नुभएको छ । ‘छुट्टिएर बस्ने कुरा’ मंगलबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक भइसकेको छ भने ‘हे कान्छी’ असार १ मा सार्वजनिक गरिने छ ।

‘आर’ एल्बममा समाबेश ‘छुट्टिएर बस्ने कुरा’मा श्यामकुमार स्याङ्तानको स्वर, शब्द र विकास चौधरीको संगीत छ । भिडियोमा सोभित बस्नेत, श्यामकुमार स्याङ्तान, सुइन्जा सुनाम र शंकर कोइरालाले अभिनय गर्नुभएको छ ।

सञ्जु थोकरले खिचेको भिडियोको प्रस्तुतकर्ता खड्ग मोक्तान, सहनिर्मातामा जीवन लामा तथा निर्मातामा आर.सोनाम लामा, आरएल मोक्तान र श्यामकुमार स्याङ्तान हुनुहुन्छ । त्यसैगरी, ‘हे कान्छी’मा श्यामकुमार स्याङ्तानका साथमा स्मृति शाहीको स्वर छ ।

श्यामकुमारकै शब्द रहेको गीत आर एल लामाले लेख्नुभएको हो । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कलाकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका निर्देशक मदन घिमिरे, रञ्जित राना, सोभित बस्नेत, अभिनेत्री शारदा गिरी, कविता राय, अभिनेता शीतल केसी, धर्मेन्द्र आचार्य, रमेश बस्नेतलगायत म्युजिक भिडियोका कलाकार तथा प्राविधिकलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?