परासी । आसन्न स्थानीय निर्वाचानलाई मध्यनजर गर्दै नेपाल-भारत सीमा वैशाख २७ गतेदेखि बन्द हुने भएको छ । भारतसहित चार जिल्लाका सुरक्षा अधिकारीहरूको सुनवलमा सम्पन्न बैठकले वैशाख २७ गते साँझ ७ बजेदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरूको पनि सहयोग आवश्यक रहेकाले बताउनुभयो ।
बैठकमा चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तर्गत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरूको सहभागिता थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच