चितवन संयुक्त सभामा कांग्रेस नेताहरूको आशंका: प्रचण्डले फेरि धोका दिने पो हुन् कि !

Read Time = 4 mins

चितवन । भरतपुर महानगरपालिका उम्मेदवारहरूका लागि पाँच दलीय गठबन्धनले चुनावी सभा आयोजना गर्‍यो । उक्त सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गरिरहनु भएको छ ।

सभामा नेपाली कांग्रेसका नेताहरूको बाहुल्यता छ । जसमा बोल्ने अधिकांश कांग्रेस नेताहरूको चिन्ता एउटै थियो– प्रचण्डले फेरि धोका पो दिने हुन् कि १

उनीहरूको चिन्ताको विषय किन भयो रु त्यसका लागि २०७४ सालको स्थानीय तह निर्वाचनतर्फ जानुपर्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । जहाँ माओवादीबाट रेणु दाहालले मेयर जित्नुभयो भने उपमेयरमा कांग्रेसबाट पार्वती केसी विजयी हुनु भएको थियो ।

स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा एमालेसँग तालमेल गर्नुका साथै पार्टी एकता नै गराए । जसले गर्दा कांग्रेस त्यही बेलादेखि माओवादीसँग सशंकित हुन थालेको हो ।

जुन कुराको आशंका कांग्रेस चितवनका नेताहरूले संयुक्त चुनावी सभामा पनि व्यक्त गरे । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले प्रचण्डलाई धोका नदिन आग्रह गर्नुभयो । चुनावी सभामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम, धोका दिने काम नहोस् । जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’

उहाँले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने बताउनु भयो । कांग्रेस चितवनले जसरी पनि रेणुलाई जिताउने भन्दै माओवादीले धोका दिन नहुने उहाँको भनाइ थियो ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारूढ गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । गठबन्धनका नेताहरूले गठबन्धनको निरन्तरता हुने प्रतिज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताउनु भयो । विगतमा कांग्रेस चितवनलाई धोका दिएको स्मरण गराउँदै उहाँले निरन्तरता हुने प्रतिज्ञा माग्नुभएको हो ।
चुनावका लागि गठबन्धन गर्ने र चुनावपछि बिर्सने प्रवृत्तिका कारण गठबन्धनप्रति शंका उत्पन्न भएको बताउनु भयो ।

‘नेताज्यूहरुले यो गठबन्धन निरन्तर जान्छ भन्ने प्रतीज्ञा गर्नुपर्‍यो, तब मात्र चितवनका जनताले विश्वास गर्छन् । तपाईंहरूले यो गठबन्धन निरन्तर लाने प्रतिज्ञा गर्नुस् । हामी तलका कार्यकर्ता तपाईंहरुको पछि पछि लाग्छौं,’ उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?