हुम्लामा गाउँपालिका प्रमुख र वडाध्यक्ष पदमा एक–एक मात्रै महिला उम्मेदवार

Read Time = 4 mins

हुम्ला । हुम्लाको सातवटा स्थानीय तहमा एक जना महिलाको मात्रै उम्मेदवारी परेको छ । दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका बाहेक अन्य पालिकामा महिला अध्यक्ष पदमा प्रत्यासी उम्मेदवारी दिएका छैनन् । चंखेली गाउँपालिकाको अध्यक्ष पदका लागि बिमला शाहीले उम्मेदवारी दिनुु भएको हो ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट शाही गाउँपालिका अध्यक्ष पदको लागि प्रत्यासी बन्नुभएको छ । महिलालाई सजिलै पदाधिकारीमा जिम्मेवारी दिन आनाकानी भइरहेकाबेला शाहीलाई एमालेले बिश्वास गरी सो पदमा उम्मेदवार बनाएको छ ।

शिक्षण पेशाबाट उहाँ राजनीतिमा होमिनुु भएको हो । खाफ्नो चाहना सामाजिक काम गर्ने रहेका कारण पार्टीकै सल्लाहमा अध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताउनुुभयो । हिम्मत आँट भएकै कारण आफुु अध्यक्ष पदको उम्मेदवार भएको उहाँको भनाइ छ ।

महिला हक अधिकारीका लागि आवाज उठाउनु र अघिल्लो उपाध्यक्षको कार्यकालमा गर्न नसकिएको बाचाहरु पुरा गर्न आफ्नो उम्मेदवारी रहेको शाहीले दावी गर्नुभयो । गठबन्धन दलहरुले एक जना महिलालाई मात्र उपाध्यक्ष पदमा उम्मेदवार बनाएको बेला शाही प्रतिपक्षी दल एमालेको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

वडाध्यक्षमा एक मात्रै महिलाको उम्मेदवारी

जिल्लाको ४४ वटा वडा मध्ये एक जना महिलाले मात्रै वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । २०७४ सालमा वडाध्यक्षमा शून्य रहेको हुम्लामो यो पटक एक जना महिलाले उम्मेदवारी दिएर एकल उम्मेदवारी हुनु भएको छ । खार्पुनाथ गाउँपालिका-४ को वडाध्यक्षमा रंगमति शाही निर्विरोध निर्वाचित हुनु भएको छ । उक्त पदका लागि शाहीसहित तीन जनाले उम्मेदवारी दिएकोमा दुुई जनाले आफ्नो मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित हुनुभएको हो ।

खार्पुनाथ गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयका अनुसार नम्वर ४ को वडाध्यक्षका लागि तीन जनाको मनोनयन दर्ता भएकामा दुुई जनाले मनोनयन फिर्ता लिएपछि शाहीको एकल मनोनयन रहेको बताइएको छ ।

वडाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रका हदेली जेठारा र नेकपा एमालेबाट कमल रावतले उम्मेदवारी दिनुभएको थियो । माओवादीले आफ्नो तर्फबाट परेको उम्मेदवारी फिर्ता लिन जिल्लाबाट लिखित निर्देशन दिएको थियो । तर, एमालेका उम्मेदवारले पनि फिर्ता लिएपछि कांग्रेसबाट टिकट पाउनुभएकी शाही निर्विरोध हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?