काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासित भएको घोषणा गरेको छ । बिहीबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको सूचित गराउनुभएको हो ।
नेपाली कांग्रेसले यही वैशाख १९ गते विज्ञप्ति जारी गरी विद्रोहीलाई आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका अधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको थियो । उक्त आग्रह अस्वीकार गरेका विद्रोहीहरू कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट स्वतः निष्कासन भएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेस विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकहरूको नामावली केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
‘त्यस्ता विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरूको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउनका लागि पार्टीको जिल्ला कार्यसमितिलाई यसै विज्ञप्तिमार्फत निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच