काठमाडौं । गायिका एलिना चौहानले गत फागुन २० गते साँझ पर्वत सदरमुकाम कुश्मा बजारमा आफ्नो साङ्गीतिक प्रस्तुतिमा साउण्ड सिस्टमका कारण भएको विवादका विषयमा आत्मालोचना गरेकी छन् ।
साउण्ड सिष्टम व्यवसायीको चेतावनीपछि गायिका चौहानले सामाजिक सञ्जालमार्फत माफीसमेत मागेकी छिन्।
उनले सांगितिक कार्यक्रमको शिलशिलामा सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने आफ्नो स्वभावलाई आफ्नो कमजोरीका रुपमा स्वीकार गर्दै आगामी दिनमा यस्ता कमीकमजोरीप्रति आफू सचेत रहने बताएकी छन् ।
'साउण्ड इन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियो भिडियो सम्पादक सबै पर्दा पछाडिका हिरो हुन्। जो हामीलाई दर्शक श्रोताबीच पुर्याउने मूल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनोगरी बुझेको छु। म उहाँहरूको सम्मान र स्वाभिमान प्रति सधैं सचेत छु। यति हुँदा हुँदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतिका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो।’ उनले लेखेकी छिन्, ‘सो घटनामा तत्कालीन समयमा म आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकाप्रति आत्मालोचना गर्दछु। मञ्चीय प्रस्तुतीका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरूमा म त्यसप्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु।'
गत फागुन २० गते साँझ पर्वत सदरमुकाम कुश्मा बजारमा ४२ औँ मगर दिवसको अवसरमा पुन क्लबको आयोजनामा गत फागुन १५ गतेदेखि जारी तेस्रो राष्ट्रिय मगर महोत्सवमा चढेपछि साउण्ड सिस्टमको विषयलाई लिएर ध्वनिका प्राविधिकहरूसँग केही भनाभन भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच