✍️ श्रीमन नारायण
शान्तिको निम्ति दुई पत्रकारलाई नोबेल सम्मान हासिल हुनु स्वागतयोग्य र अनुकरणीय हो । वर्तमान अवस्थामा, जतिबेला अभिव्यक्तिमाथि संकटको कालो बादल अलि बढी मडारिइरहेको अवस्था छ, त्यस्तोमा पत्रकारहरूलाई सम्मान साच्चिकै पत्रकारिताकै सम्मान हो । फिलिपिन्सकी पत्रकार मारिया रसा र रूसका पत्रकार दिमित्री मुराटोभलाई २०२१ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको छ । पत्रकारिकताको निम्ति यो यस्तो सफलता हो, जसबाट मिडियाको समग्र गुणस्तरमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ ।
मारिया रसा र दिमित्री मुराटोभलाई अभिव्यक्तिको स्वतन्त्राको रक्षा र तिनका प्रयासको निम्ति यदि सम्मानित गरिँदैछ भने यसबाट विश्वमै लोकतन्त्र र स्थायी शान्तिको निम्ति ऊर्जा प्राप्त हुनेछ । जुन देशमा जति बढी प्रेस स्वतन्त्रला हुने गर्दछ त्यहाँको लोकतन्त्र त्यति नै बढी बलियो हुने गर्दछ ।
नोबेल समितिका अध्यक्ष बेरिट-रिड एन्डरसनले स्वतन्त्र, तथ्यमा आधारित पत्रकारिताले सत्ताको दुरुपयोग, झुटोपना र युद्धको दुष्प्रचारबाट जोगाउने काम गर्दछ भनेका छन् । उनको विचारमा अभिव्यक्तिको स्वतन्त्रा र प्रेसको स्वतन्त्रताविना राष्ट्रहरूबीच भातृत्व पूर्ण सफलतापूर्वक सम्बन्ध विस्तार गर्न, निःशस्त्रीकरण र सफल हुनको निम्ति एउटा राम्रो विश्व व्यवस्थालाई बढावा दिन कठिन हुनेछ । नोबेल पुरस्कारसँगै एक स्वर्ण पदक र एक करोड स्वीडिस क्रोनर (११.४ लाख डलर) भन्दा बढी रकम प्रदान गर्ने गरिन्छ ।
मारिया रसा आफ्नो मूल देश फिलिपिन्समा सत्ताको दुरुपयोग, हिंसाको उपयोग र बढदो तानाशाहीलाई उजागर गर्नको निम्ति अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्दै आएकी छन् । उनले सन् २०१२ मा खोजी पत्रकारिताको निम्ति एउटा डिजिटल मिडिया कम्पनीको सहस्थापना गरिन् र आफ्नो देशमा विवादास्पद ड्रग कारोबारको विरुद्धमा अभियान चलाउनमा आफ्नो ध्यान केन्द्रित गरिन्, जसबाट हजारौं मानिसको ज्यान जोगाउनमा सफलता हासिल भयो । झुटो सामाचारको विरुद्धमा पनि रसा मारियाले गरेकी कामतिर विश्व जगतको ध्यान जानु आवश्यक छ ।
अर्कोतिर रूसी पत्रकार दिमित्री आन्द्रेयेबीच मुराटोभले नोवाटा गजेटा नामक सामाचार पत्रको स्थापना गरेका थिए जुनकी वर्तमान समयमा रूसको सबैभन्दा स्वतन्त्र सामाचार माध्यम हो । नोबेल समितिले यसको निकै प्रशंसा गरेको छ । मुराटोभले आफ्नो देशमा तीव्र गतिमा बदलिँदो प्रतिकूल अवस्थामा पनि अभिव्यक्तिको स्वतन्त्रतालाई जोगाई राख्नमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । उनको रसियाली सामाचार पत्रले भ्रष्टाचार, सत्ताको दुरुपयोग चुनावी अनियमितता र षड्यन्त्र तथा ट्रोल अभियानमाथि प्रश्न उठाउँदै कारगर पत्रकारितालाई निष्कर्षसम्म पुर्याउने काम गर्दै रहृयो ।
खास कुरा त, नोवाजा गजेटाका पत्रकारहरूले विभिन्न तरिकाले उत्पीडनको सामना गर्नु पर्यो । धम्की तथा हिंसाको सामना त्यसका संवादाताहरूका निम्ति सामान्य विषय भइसकेको थियो । यस सामाचार पत्रले सत्य सूचना सम्प्रेषण गर्ने पुनित कार्यमा आफ्ना आधा दर्जन पत्रकार साथीलाई गुमाउनु पर्यो, जसमध्ये ती अन्ना पोलित कोबजसकाजा सामिल छन्, जसले चेचन्या युद्धलाई आफ्नो लेखनीमार्फत नंग्याउने काम गरेका थिए । नोबेल समितिले अखबारका सम्पादक मुराटोभलाई पुरस्कारको निम्ति छनौट गरेर निकै राम्रो काम गरेको छ । किनभने व्यापक दबाबका बाबजुद उने अखबारको स्वतन्त्र नीतिलाई परित्याग गर्ने विषयमा कुनै सम्झौता गरेनन् ।
आजको वर्तमान युगमा जतिबेला विश्वमा अधुरो सूचना र झुटो सामाचारको बाढी नै आएको छ । यस्तोमा वास्तविक टापुको पहिचान गर्नु आवश्यक भएको छ । असल पत्रकारिता कुनै पनि शान्तिभन्दा कम हुँदैन । हाल जुन व्यक्ति पत्रकारिताको उपयोग द्वेष र साम्प्रदायिकता बढाउनका लागि गरिरहेका छन् तिनको निम्ति नोबेल सम्मानमा विशेष सन्देश अन्तरनिहित रहेको छ । राम्रो विश्वको निम्ति इमानदार पत्रकारिता पनि चाहिन्छ । हाल हाम्रो पत्रकारितालाई रेखांकित र सम्मानित गरिनु आवश्यक छ, नोबेल सम्मानबाट थप त्यस्ता नयाँ पत्रकारहरूको ऊर्जा प्रबद्र्धन हुनेछ जो साँचो र न्यायपूर्ण पत्रकारिताप्रति समर्पित छन् ।
समितिले पनि ठीकै भनेको छ कि स्वतन्त्र र तथ्य आधारित पत्रकारिता सत्ताको दुरुपयोग झुटो र युद्धको वातावरणबाट समेत बचाउनमा सहयोग गर्दछ । वर्तमान परिस्थितिमा आमनागरिकको यो कर्तव्य हुनजान्छ कि तिनीहरूको साँचो पत्रकारिताको पक्षमा डटेर उभिन, पत्रकारिता सधैं नै जोखिमपूर्ण र चुनौतीले भरिएको हुन्छ । प्रायः पत्रकारहरूलाई कुनै पनि देशको शासन सत्तासित आमना सामना गरिरहनुपर्दछ । लोकतान्त्रिक देशहरूमा यस्तो अवस्था अपेक्षाकृत कम रहे पनि निर्दलीय शासन व्यवस्था अथवा तानाशाही भएको देशमा त यस्तो चुनौती निकै बढी हुने गर्दछ ।
पत्रकारिकतालाई राज्यको चौथो अंग मान्छि । राज्यको चौथो मानिएको कारण यसको भूमिका र दायित्व महत्वपूर्ण नै हुने गर्दछ । स्वतन्त्र, निष्पक्ष एवं मर्यादित पत्रकारिताले स्वथ्य जनमतको निर्माण गर्ने गर्दछ । स्वथ्य जनमतबाटै सच्चा लोकतन्त्रको निर्माण हुने गर्दछ । पत्रकारिता भनेको राज्यको तीनवटै अंगबाट समेत न्याय पाउन नसकिरहकाको पक्षमा खुलेर लेखिदिनु, बोलिदिनु, पढीदिनु र टेलिभिजनमार्फत प्रशारण गराई दिनु हो । स्वतन्त्र निष्पक्ष एवं इमानदारीको पत्रकारिता सधैं नै जोखिमपूर्ण हुने गर्दछ ।
सत्य कुरा पचाउन प्रायः गाह्रो नै हुने गर्दछ । तसर्थ राज्य पक्षको विपक्षमा पत्रकार सधैं नै उभिरहने बाध्यता एकातिर हुन्छ भने अर्कोतिर समाजमा भय एवं त्रास उत्पन्न गरी आफ्नो मनपरीतन्त्र सञ्चालन गरिरहेकाको समेत आक्रोसको सिकार भइरहनुपर्दछ । दक्षिण एसियाकै अफगनिस्तानमा अहिले धर्मान्ध तालिवानको सरकार अस्तित्वमा छ । तालिवानको बारेमा सामाचार लेखेकै भरमा अनेकौं पत्रकारले ज्यान गुमाउने अवस्था उत्पन्न भएको देखियो । नेपालमा माओवादीको एक दशक लामो सशक्त संघर्षका दौरान माओवादी र राज्यपक्षबाट पत्रकार मारिएका थिए ।
माओवादीहरूको उत्पीडन बढी थियो । केही अघिमात्रै राजधानी काठमाडौंमा वरिष्ठ पत्रकार बलराम बानियाँ खोला किनारामा मृत अवस्थामा फेला परेका थिए । यस घटनाको छानविन जारी छ । लोकतान्त्रिक गणतन्त्रमा पत्रकारमाथि दबाब, धाक धम्की र उत्पीडनजस्ता घटनालाई निन्दनीय नै मान्नुपर्दछ । नेपालमा पत्रकारिता जगतले ठूलो फड्को मारेको छ । सरकारी सञ्चारमाध्यमका अतिरिक्त निजी क्षेत्रमा अनेकौं दैनिक सामाचार पत्रहरू, टेलिभिजन च्यानलहरू र अनलाइन मिडिया निकै संख्यामा सञ्चालनमा छन् । जनताले मिडियालाई सहयोग गरिरहेका छन् ।
नेपालको पत्रकारिताले पनि आफ्नो कर्तव्य एवं धर्मको इमानदारीपूर्वक निर्वाह गरी विश्वजगतमा चर्चामा आउनेछ । एक दिन कुनै नेपाली पत्रकारले पनि शान्तिको निम्ति नोबेल पुरस्कार पाउने अपेक्षा गर्न गरिन्छ । फिलिपिन्सका मारिया रसा रूसका दिमित्री मुराटोभ बधाईका पात्र छन् । आ-आफ्नो देशको शासन सत्ताको विरोधमा र समाजमा धन र बलको आधारमा वर्चस्व कायम गर्न खोजेकाविरुद्धमा अभियान चलाएर नै उनीहरूको यस उच्च सम्मानको योग्य मानिएका छन् । त्याग, सर्मपण र इमानदारीको पर्याय बनेका पत्रकारद्वयको संघर्षगाथा अनुकरणीय र प्रशंसनीय छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच