काठमाडौं । सिद्धार्थ बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । सो अवसरमा विभिन्न स्थानमा सरसफाइ तथा वृक्षारोपण, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुनःप्रयोग गर्न सकिने कटन ब्याग वितरण र ‘नो प्रिन्ट डे’ लगायतका कार्यक्रम आयोजना गरेको हो ।
सातै प्रदेशमा कुल पाँच सय ८१ बोटबिरुवा रोपणका साथै विभिन्न सार्वजनिक स्थानमा सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले वातावरण संरक्षणका निम्ति ‘से नो टु प्लास्टिक’ नारालाई अवलम्बन गर्दै बैंकको आधिकारिक टिकटक पेजमा ‘बिट प्लास्टिक पोलुसन’ विषय राखी समाजमा वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता पनि आयोजना गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच