निरोज कोइराला/भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको विहिवारे बजारमा लागेको भिषण आगलागीमा परी बालिकाको मृत्यु भएको छ । घरमा अचानक आगलागी भएपछि अढाई वर्षकी रेश्मा तामाङको समयमा उद्धार हुन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट बालिकाका वुबा २८ बर्षीय खेममणी तामाङ र २३ बर्षीया आमा मिना तामाङसमेत गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगोलागीबाट चार घर जलेर नष्ट भएको छ । खेममणी, डम्वर तामाङ, अजुर्न तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
साँझ साढे ७ बजेतिरबाट लागेको आगोलागी नियन्त्रण बाहिर गए पछि भोजपुरका साथै दिङला र साम्पाङमा स्थानीय निर्वाचनका लागि खटिएको सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको थियो ।
सशस्त्र, प्रहरी र स्थानीयको सक्रियतामा आगो राती सवाँ १० बजे तिर नियन्त्रणमा आएको हो । आगो नियन्त्रण बाहिर भएर अन्य घरमासमेत जोखिम हुने अवस्था भए पछि भोजपुरबाट समेत नगरपालिकाको बारुण यन्त्र पठाइएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच