दाङमा अवैध पेस्तोलसहित तीन जना पक्राउ

Read Time = 2 mins
A A- A+

-विवेक खड्का
दाङ । दाङ प्रहरीले अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका ३ टिकुलीगढ स्थित रहेको जुनु वडी विल्डर्स (ठुला गाडी मर्मत गर्ने ग्यारेज) बाट अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रवक्ता रिजालका अनुसार बाग्लुङ जिल्ला बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ बस्ने २० बर्षिय सोमु बिक, रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भई तलमी नगरपालिका ३ बस्ने ४० बर्षीय कमल भनिने रुक्मान सुनार र लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आह्रन संचालन गरी बस्ने अन्दाजी ६२ वर्षिय मुम बहादुर घर्ती मगरलाई पक्राउ गरेको छ ।
एक जना ब्यक्ति चक्कु राखेर हिडिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तिबाट खटि गएको प्रहरी टोलीले खान तलासी लिने क्रममा उक्त अबैध हतियार पेस्तोल बरामद गरेको हो । २० बर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको प्रहरीले बताएको छ ।

सुनारले लमहीको टिकुलीगढमा जुनु बडी विल्डर्सको ग्यारेज संचालन गर्दै आएका छन् । सुनार नाताले बिकको फूफाजु हुन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?