सप्तरी । नेपाली कांग्रेस रुपनीले स्थानीय तह निर्वाचनका लागि शुक्रबार चुनावी घोषणापत्र जारी गरेको छ । कांग्रेस रुपनी गाउँकार्य समितिले वडा नम्बर ३ स्थित कटैयामा पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरेको हो ।
गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामनारायण ईसरले जनताले मत दिएर निर्वाचित गराएमा पालिकाको प्रत्येक वडाको सडक कालोपत्रे गरी सडक सञ्जालमा जोड्ने घोषणा गर्नुभयो । उहाँले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासका साथै सार्वजनिक स्थलहरूमा स्तनपान र शिशु नर्सिङ कोठाको व्यवस्था गरिने बताउनुभयो ।
कृषिक्षेत्र र किसानको समस्या तथा सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा आफ्नो पहिलो प्रथमिकतामा रहेकाले जनताले पालिका अध्यक्षको जिम्मेवारी दिए नमुना पालिकाको रूपमा विकास गर्नेसमेत घोषणापत्रमा उल्लेख छ ।
जारी गरिएको घोषणापत्रमा रुपनी मन्दिर, लोकनायक दिनाराम भद्री र शनिमिन्दर जस्ता धार्मिक स्थलहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेसमेत रहेको छ ।
यसैगरी सूचनाको हक कार्यान्वयनमा ल्याई आर्थिक पारदर्शीता कायम गर्ने, पालिकामा एम्बुलेन्स र शव बाहनको व्यवस्थापन गरिने, कृषि उत्पादनको लागि किसान सेन्टरको स्थपना गरिने, आधुनिक खेतीका लागि खेतमा विद्युत्सहितको सिँचाइ पुर्याउनेलगायतका महत्वपूर्ण योजनाहरू घोषणापत्रमा राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच