लिङ्देनको प्रश्न: नागरिकतासँगै राहदानी बनाएर सन्तानलाई विदेश पठाउनुपर्ने अवस्था आउनुको कारक को हो ?

Read Time = 2 mins

बनेपा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बेरोजगारी, गरिबी, अविकसितको अन्त्य कुनै भगवान आएर गर्ने नभई नेता र राजनीति, सरकार र पार्टीले गर्ने भएकाले चुनावमा सोच विचार गरेर राम्रो मान्छेलाई भोट दिन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला कार्यसमितिले आज बनेपामा आयोजना गरेको चुनावीसभामा उहाँले आफ्नो जीवनकालमा सबैखाले अभावको अन्त्य भएको देख्न चाहनेले ख्यालख्यालमा भोट नदिन आग्रह गर्नुभएको हो ।

राजाले १८ महिनासम्म प्रत्यक्ष शासन चलाउँदा राजाले शासन चलाउने होइन भनेर विरोध गरेपछि सबै छोडेर जनताको नासो जनतालाई नै जिम्मा दिए भनेर छाडेर हिडेको उल्लेख गर्दै उहाँले राम्रो मान्छेलाई राजनीतिमा ल्याएर सोचविचार गरेर मात्रै भोट दिएको अवस्थामा त्यसको उचित प्रयोग हुने विचार राख्नुभयो ।

बेलामा मल नपाउने र जन्माएर बढाएको सन्तानलाई नागरिकतासँगै राहदानी बनाएर विदेश पठाउनुपर्ने देशको बाध्यकारी अवस्था रहेको उल्लेख गर्दै उहाँले त्यसको अन्त्यका लागि सबैले सोच्ने बेला आएको बताउनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?