‘धनगढी सुपर लिग’ जेठ ५ गतेबाट

Read Time = 3 mins

धनगढी । कैलालीको धनगढीमा जेठ ५ गतेबाट क्लबस्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुनेभएको छ । लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जेठ ५ देखि १३ गतेसम्म प्रतियोगिता आयोजना गरिने आयोजक जनाएको छ । प्रतियोगिता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा सञ्चालन हुने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो ।

धनगढीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजना गर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई चलायमान बनाउनुपर्छ भनेर राष्ट्रिय स्तरका खेलाडी समावेश हुने प्रतियोगिता गर्न लागेको शाहीको भनाइ छ । ‘क्रिकेटको सहर भनेर चिनिएको धनगढीलाई अब पर्यटकीय शहर बनाउनुपर्छ र यसको गरिमा थपमाथि पुर्‍याउन कुरा होइन काम गरेर, बाहुल्य मात्रामा प्रतियोगिता गरेर अघि बढ्नुपर्छ भनेर हामीले फेरि एउटा सिनियर प्रतियोगिता गर्ने हिम्मत जुटाएका हौं,’ शाहीले भने्, ‘यहाँका सबै सरोकारवालाको हौसलाले हामीलाई ऊर्जा दिएर अर्को इभेन्ट्स आयोजन गर्न लागेका हौं ।’

प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुंगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहने धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिनुभयो ।

टी-ट्वान्टी फर्मेटमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दुई लाख, उपविजेताले एक लाख नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले सात हजार पाँच सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद दुई हजार पाँच सयसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?